अन्य पार्टी परित्याग गरि सूर्योदयमा नेकपा एमाले प्रवेश

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,सूर्योदय नगरपालिकामा मनोनयन दर्ताको अन्तिम दिन अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । संघीय लिम्बुवान रास्टृय मंच सम्बद्ध लिम्बुवान पार्टी परित्याग गरि नेकपा एमाले मा शरण फागोको नेतृत्वमा फिक्कलका युवाहरु प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा शरण फागो,मिलन फागो,अजय फागो,चन्द्र फागो, उदय फागो, हुसेन फागो,अम्बर राई,सागर तामाङ ,गणेश राई,अभिषेक खवास लगायत रहेका छन् । उनिहरुलाई नगर प्रमुखका उमेद्वार काजिमान कागते र नगर उपप्रमुख उमेद्वार दुर्गादेवी भट्टराईले स्वागत गरेका थिए । कार्यक्रममा पार्टी प्रवेशीको तर्फबाट शरण फागोले आफ्नो धारणा राख्दै जनताको दुख सुख बुझेको पार्टी भएकाले प्रवेश गरिएको बताए । नगर प्रमुख र उपप्रमुखको उमेद्वार समाज बुझेका,विकास प्रेमि भएकाले सबै युवाले सहयोग गर्नुपर्ने उनको भनाई छ। कार्यक्रम पार्टी सचीव पारस राईले संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय