
इलामः इलामको फाकफोकथुम गाउँपालिका ५ का वडाध्यक्षका उम्मेद्वार नरेन्द्र कुमार सुव्वा विरुद्ध बेरुजुको उजुरी परेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार बनेका सुव्वालाई एकलाख ३० हजार वेरुजुको उजुरी परेको हो । साविक गाविस हुँदैखेरीको अनुदान फर्सौट नभएको भन्दै नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार सिद्धमान आलेले उजुरी दिएको फाकफोकथुम गाउँपालिकाका निर्वाचन अधिकृत शिवहरी पौडेलले जानकारी दिए । पौडेलले भने ‘उजुरी परिसकेपछि आवश्यक कागजात पेश गर्ने समयभित्र उहाँले कागजात पेश गर्नुभएको छ, कागजात हेरेर निर्वाचन आयोगले विहीवार निर्णय गर्ने छ ।’ मनोनयन पछि पनि तिरेर फर्सौट गर्न मिल्छ भन्दा पौडेलले आज ९ बुधबार० कागजात पेश गर्ने समय हो भोलि ९ विहीबार० सबै काजजात हेरेर निर्वाचन आयोगले निर्णय गर्ने बताए । साविक गाविसको वेरुजु फर्सौट जिल्ला समन्वय समितिमा गर्नुपर्ने व्यवस्था छ । वडाध्यक्षका उम्मेद्वार सुव्वाले आफूमाथि उजुरी परेपछि बुधबार नेपाल बैकमा एकलाख ३० हजार रुपैयाँ बुझाएको भौचर ल्याएको जिल्ला समन्वय समितिका लेखा अधिकृतले बताए । २०५७ सालको १० हजार, ८० हजार र १० हजार गरी एकलाख र २०६५ सालको ३० हजार गरी एकलाख ३० हजारको भौचर जिल्ला समन्वय समितिमा बुझाएका छन । from sandakpuronline


