
मनोज अधिकारी,इलामः भुगोलको दृष्टिकोणले सूर्योदय नगरपालिकाको सबैभन्दा ठुलो वडा– १ नम्बर हो । जिल्लाकै ऐतिहासिक बजारका रुपमा चिनिने गोर्खे बजार यहि वडामा अवस्थित छ । अधिकांश मानिस कृषि पेशामा आबद्ध रहेकाले यहाँको जनजिवन सामान्य नै छ । सडक,खानेपानी,विद्युत,शिक्षा,स्वास्थ्य जस्ता पुर्वाधारका क्षेत्रमा खासै विकास हुन सकेको छैन । यस क्षेत्रलाई कतिपयले सूर्योदयको कर्णालि पनी भन्छन् । कृषिलाई आधुनिकिकरण गरेर समग्र वडामा समृद्धि ल्याउन बाँकी छ । स्थानिय सरकार गठन भएपछिको पाँच बर्षमा केही सुधार भने भएका छन् ।
यतिबेला चुनावी माहोल तातेको छ । भोट माग्न आउनेजानेको लर्कोले सामान्यतया अरुबेला सुनसान बनेका गाउँटोल पनी हल्लाखल्ला र खैलाबैलामा देखिन्छन् । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनबाट चुनिएर सूर्योदय नगरपालिका वडा नं १ को नेतृत्व लिन ३ टोली तयार देखिएका छन् ।वडाध्यक्ष पदका लागी नेपाली कांग्रेसबाट राजकुमार शरेङ्ग,नेकपा एमालेबाट धनकुमार मोक्तान र ३ दलिय गठबन्धनबाट एकिकृत समाजवादीका दिपेश राई चुनावी मैदानमा उत्रिएका छन् ।



२०७४ सालको स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार राजकुमार शरेङ्गको टिम विजयी बन्दा वडा सदस्य पदमा भने एमालेका तेज कुमार पान्डे (अमृत) विजयी बनेका थिए । संघियताको पहिलो अभ्यास त्यति सहज थिएन । निती,नियम र कानुन निर्माण गरि कार्यान्वयनको चरणमा लैजान अनेकन कठिनाई भोगेको बताउँछन् निवर्तमान अध्यक्ष शेरेङ्ग,उनले भने,“कोरोना भाईरसको प्रकोपबाट नागरिकलाई बचाउन र खोप उपलब्ध गराउन चुनौती थियो हामी सफल बन्यौँ । विकास निर्माणका काम थुप्रै भएका छन् । बाँकी काम पुरा गर्न पुनः मैले उमेद्वारी दिईएको छु ।”
नेपाली कांग्रेसको तर्फबाट विरासत जोगाउन शेरेङ्गलाई त्यति सहज भने देखिँदैन । लामो समय शिक्षण पेशामा आबद्ध भई ३८ बर्ष शिक्षक भएर सेवा प्रवाह गरेका धनकुमार मोक्तान नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उमेद्वार छन् । उनि सूर्योदय सामाजिक प्रतिष्ठानका अध्यक्ष छन् भने विभिन्न सामाजिक संस्थामा समेत आबद्ध रहेका छन् । यसर्थ उनले शिक्षक,विद्यार्थी लगायत एमाले बाहेक अन्यको मत समेत लिन सक्ने अनुमान गरिएको छ । हुन त अघिल्लो निर्वाचनमा पार्टी एकढिक्का हुँदा पनी हार ब्यहोरेको एमाले अहिले विभाजन भएको छ । एमाले छोडेर एकिकृत समाजवादी पार्टी तिर गएका दिपेश राई यसपटक पनी अध्यक्ष कै उम्मेद्वार छन् । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाललाई साथमा लिएर उनि अध्यक्षको उमेद्वार बनेका हुन् । यसअघि एमालेको तर्फबाट उमेद्वार बनेका दिपेश यो पटक एकिकृत समाजवादीबाट उदाएका हुन् ।
वडाको समग्र विकासका लागी पाँच बर्षको अवधि छोटो बन्यो? जनप्रतिनिधि जिम्मेवार बन्न सकेनन? वा अन्य विभिन्न कारण उत्पन्न भए ? जे भएर होेस् वडाबासीले चाहेको विकास र समृद्धिका लागी पाँच बर्ष पर्याप्त हुन सकेन । अपेक्षाकृत विकास नभएको नागरिक बताउँछन् । वडामा अपेक्षाकृत काम भए नभएको लेखाजोखा बैशाख ३० गते जनताले गर्दैछन् ।
५ बर्षे कार्यकालको समिक्षा गर्दै चुनावी मैदानमा उत्रिएका अध्यक्ष पदका तीन उम्मेद्वार संग इलाम खबर डटकमले कुराकानी गरेको छ । उक्त कुराकानीको सांरश यहाँ प्रस्तुत गरिन्छ ।
नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उमेद्वार धन कुमार तामाङ्ग( मोक्तान)
तामाङ्ग पेशाले शिक्षक हुन् । वि,सं २०४१ सालबाट शिक्षण पेशामा आबद्ध रहेका तामाङ्गले करिब ३८ बर्षको अवधी अध्यापन क्षेत्रमा बिताईसकेका छन् । यस्का अलवा सामाजिक क्षेत्रमा समेत उनको योगदान प्रशस्त छ । हाल उनी सूर्योदय सामाजिक प्रतिष्ठानका अध्यक्ष छन् । राजनिती र समाजलाई नजिक बाट बुझेका तामाङ्ग अबको बाँकी जिवन राजनितीमा रहेर समाज सेवामा समर्पित गर्न चाहान्छन् । लामो अनुभव बाट खारिएका धनकुमारको योजना कस्ता छन्? वडालाई समृद्ध बनाउने सपना भित्र कस्ता प्रतिबद्धता समेटिएका छन् । उनीसंग गरिएको कुराकानीको शारंस यहाँः
प्रश्नःतपाईको उमेद्वारी किन?
उत्तरःवास्तवमा हाम्रो वडा भौगोलिक रुपमा ठुलो र ग्रामिण भेग हो । यहाँका अधिकांश नागरिक कृषि पेशामा संलग्न छन् । वडाबासीको जनजिवनमा सुधार ल्याउन,शिक्षा क्षेत्रमा गुणात्मक विकास गर्न,सडक,खानेपानी,विद्युत,संचार लगायतका चौतर्फी विकासमा आमुल परिवर्तन ल्याउन मैले उम्मेद्वारी दिईएको हुँ ।
प्रश्नः पाँच बर्षे कार्यकालमा जनप्रतिनिधिले गरेका कामलाई के भन्नुहुन्छ?
उत्तरः जनप्रतिनिधि भनेको हरेक समय जनतासंगै हुनुपर्छ । नागरिकका गुनासा समस्या र मागलाई सम्बोधन गर्न सक्नुपर्छ । तर यहाँ त्यस्तो भएन । घन्टौँ हिँडेर वडा कार्यलय आएका वडाबासिले अध्यक्षलाई भेटेनन् । किनकी हाम्रा अध्यक्ष जी वडा कार्यलयमा भन्दा बढी समय अन्यत्र नै ब्यस्त हुनुभयो । उहाँको घर फिक्कल बरबोटेमा अनि यहाँका वडाबासी एउटा सिफरिसमा हस्ताक्षर गराउन त्यहीँ पुग्नुपर्ने? वडाबासी संगै बसेर दुःख,सुख साटासाट गर्न उहाँले सक्नुभएन । कोरोनाको बेला नागरिकले परामर्श पाएनन् । सहानुभुति पाएनन् । अनि स्थानिय सरकारको अनुभुति कसरी हुन्छ? यो पाँच बर्ष ब्यर्थमा बित्यो । शिक्षा क्षेत्रमा गुणात्मक सुधारको प्रयाश भएन । पुर्वाधार विकासका काम सबै बाँकी छ । वडा सदस्य ज्युहरुले बरु नागरीकलाई भेट्नुभयो । गुनासा सुन्नुभएको पाईयो तर अध्यक्ष ज्युलाई नागरिक संग भेटिएन ।
प्रश्नः वडाको समस्या,सम्भावना र चुनौती कस्ता छन् ?
उत्तरः अवसर र सम्भावना धेरै छन् । पर्यटकीय सम्भावना बोकेका क्षेत्र थुप्रै छन् । वनजङ्गलको संरक्षण गर्न सके उपलब्धि हाँसिल गर्न सकिन्छ । आलु,धान,अलैची जस्ता कृषिजन्य उत्पानमा वृद्धि गरि आर्थिक समृद्धि हासिल गर्न सक्ने स्थिती छ । समस्याको कुरामा चै हाम्रो वडा भौगोलिक रुपमा ठुलो छ । यसलाई वडा विभाजन गरि दुईवटा बनाउने गरि प्रकृयामा जानुपर्ने छ । सिमित बजेट बाट सबै क्षेत्रमा एकैपटक विकास गर्न असहज हुने भएकाले यस वडालाई विभाजन गर्नु हाम्रो पहिलो काम हुने छ ।
प्रश्नःतपाईले जित्नुभएमा के के काम गर्नुहुन्छ ? कस्ता छन् प्रतिबद्धता ?
उत्तरः मैले अघि पनी भने वडा विभाजनको लागि तत्काल प्रकृया अगाडि बडाउँछौँ । प्रशासनिक सेवा प्रवाहका लागी थप सेवा केन्द्रको पबन्ध हुनेछ । नागरिकले मलाई अत्यावश्यक काम बाहेक अधिकांश समय कार्यलयमा भेट्नु हुनेछ । म वडाबासी संगै हुनेछु । स्वास्थ्य संवेदनशिलतालाई ध्यान दिँदै बार्षिक एक पटक वडाबासीको स्वास्थ्य परिक्षण गरिनेछ । स्वास्थ्य शिविर,स्वास्थ्य विमा जस्ता कार्यक्रम प्रभावकारी रुपले संचालन गर्छौ । गोर्खे र मंगलबारे बजारमा सार्वजनिक शौचालयको निर्माण गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनका कार्यक्रम हुनेछ । विद्यालयका पदाधिकारीसंग अन्तकृया गरि संस्थागत विकासमा अघि बड्ने,शिक्षाको गुणात्मक विकास गरि प्रविधिमैत्री बनाउने । ५ बर्ष भित्र वडाका सबै क्षेत्रमा शुद्ध पिउनेपानीको प्रबन्ध गर्न भएका सिंचाई आयोजनाको मर्मत पुन निर्माण तथा नयाँ योजनाहरु ल्याईने छ । वडाको मेरुदण्डको रुपमा रहेको ऋषिमोड मानेभञ्ज्याङ्ग बाह्रमासे सडकलाई ब्यवस्थित गर्ने वडा भित्रका सम्पुर्ण साखा बाटोहरुलाई सुधार स्तरउन्नति गर्दै आवश्यकताका आधारमा कालोपत्रे सम्म गर्ने कुरामा हामी प्रतिबद्ध हुनेछौँ । सामुदायिक वनहरुको संरक्षण गरि महत्वपुर्ण जडिबुटिहरुको अभिलेख तयार गर्ने र खेति विस्तार गर्नेछौँ । हालसम्म विद्युत सेवा नगुगेका वडाबासीको घरघरमा विद्युत सेवा पुर्याउने,मर्मत गर्ने र गोर्खे बजार सिमधाप मंगलबारे मानेभञ्ज्याङ्गबजार क्षेत्रमा सडक सडक बत्तीको प्रबन्ध गर्ने काम हाम्रो पालामा हुनेछ । यसका साथै पर्यटनका क्षेत्रमा,धार्मिक तथा सांस्कृतिक क्षेत्रमा थुपै काम हुनेछन् । सामाजिक सुरक्षा भत्ता अर्थात वृद्धभत्ता वितरणका लागी ३–३ महिनामा सम्भव भएसम्म टोलटोलमा पुग्ने । न गर्न सम्भव कृपया नेकपा एमालेको घोषणापत्र एकपटक अध्ययन गरिदिन म अपिल गर्दछु ।
प्रश्नः नेकपा एमाले एकढिक्क हुँदा हारेका तपाईहरु अब त पार्टी विभाजन भएको छ । जित्ने आधार के छ?
उत्तरः नेकपा एमाले र सुर्य चिन्हप्रति धेरैजना प्रतिबद्ध हुनुहुन्छ । चोईटेर गएकाहरुसंग केही अलमलिएका हुनसक्छन् । उनिहरुसंग हाम्रो प्रतिष्पर्धा नै होईन । मूख्य प्रतिष्पर्धि नेपाली काँग्रेस हो । पाँच बर्षमा जनताले खेपेको दुख सम्झिएर उनिहरुले म र मेरो टिमलाई सुर्य चिन्हमा मतदान गर्नेछन् । भारि मतान्तरले हामी विजयी बन्ने छौँ ।
प्रश्नः अन्त्यमा मतदातालाई के भन्नुहुन्छ?
उत्तरः यो पटक अलमल नगरि सुर्य चिन्हमा मतदान गर्नुहोस । हामी तपाईको सपना पुरा गर्न जिम्मेवार र जवाफदेही बन्ने छौँ ।
प्रश्नःसमय र संवादका लागी तपाईलाई धन्यवाद ।
उत्तरःधन्यवाद
गठबन्धनको तर्फबाट साझा उमेद्वार दिपेश राई
अघिल्लो चुनावमा नेकपा एमालेको तर्फबाट उमेद्वारी दिईएका दिपेश राई यसपटक एकिकृत समाजवादी पार्टी को तर्फबाट अध्यक्ष कै उमेद्वार छन् । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाललाई साथमा लिएर उनि अध्यक्षको उमेद्वार बनेका हुन् ।
पाँच बर्षे कार्यकालको समिक्षा गर्दै चुनावी मैदानमा उत्रिएका अध्यक्ष पदका उम्मेद्वार राई संग इलाम खबर डटकमले गरेको कुराकानीको सांरश यहाँ प्रस्तुत गरिन्छ ।
प्रश्नःतपाईको शैक्षिक योग्यता र राजनितीक पृष्ठभुमि बताईदिनुन?
उत्तरः मैले शिक्षा विषयमा स्नातक गरेको छु । राजनितीक पृष्ठभुमि भन्नुपर्दा वि सं २०६०÷६१ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको अनेरास्ववियुबाट मैले राजनिती शुरु गरे । तत्कालिन एमाले बाट युवा संघ गाउँ कमिटि,पार्टी कमिटि सदस्य,पार्टी सचिव,संयोजक हुँदै नेकपा बनेपछि नगर कमिटि सचिवालय सदस्य तथा वडा नं १० का इन्चार्ज बनेको थिए भने हाल नेकपा एसको जिल्ला कमिटि सदस्य,वडा १ इन्चार्ज र युवा संघको केन्द्रिय सदस्य रहेको छु ।
प्रश्नः तपाईले जित्नुभएमा वडाले के पाउँछ?
उत्तरःहामी यसअघिका जनप्रतिनधीले गरेको गल्ति दोहेरिन नदिने र नयाँ सोच विचार र छलफलबाट विकासका काम अघि बढाउँछौँ ।
प्रश्नः यसअघिका जनप्रतिनधीले गरेको गल्ति भन्नाले?
उत्तरः जस्तो एउटा सामान्य सिफारिस लिन वडाकार्यलयमा अध्यक्ष नभेटिने समस्या छ । बरबोटे पुगेर अध्यक्षलाई भेट्नुपर्ने समस्या अन्त्य गरि वडाबाट नै प्रशासनिक सेवा सुविधा प्रवाह गर्ने हाम्रो पहिलो प्रतिबद्धता छ ।
प्रश्नः तपाईले जित्नुभएमा वडाबासीले के पाउँछन् ?
उत्तरः हामी हरेक महिना वडाका विभिन्न क्षेत्रमा घुम्ति शिविर संचालन गर्ने छौँ । जस्बाट हामी ब्यक्तिगत घटना दर्ता गर्छौँ । जन्मदर्ता,मृत्युदर्ता,बसाईसराई,मालपोत कर जस्ता सेवाका लागी जनताको घरदैलोमा कार्यक्रम बनाउँछौँ । सामाजिक सुरक्षा भत्ता अर्थात वृद्धभत्ता नविकरण गर्न प्रत्येक टोलटोलमा कार्यक्रम बनाउँने छौँ । मैले एउटा स्लोगन बनाएको छु । कृषिमा क्रान्ति वडाबासीको समृद्धि “” मकर्जुङ्गको धान खेतिलाई प्रोत्साहन गर्नेगरि विउविजनमा सहज वातावरण बनाउने । थुम्के क्षेत्रमा आलु खेतिलाई विकास गर्न प्रोत्साहन गर्ने, किसानका लागी कागति,मुला,मटर,अदुवा,अलैची लगायतका विउ विरुवामा अनुदान दिने । ऋषिमोड मानेभञ्ज्याङ्ग बाह्रमासे सडकलाई ब्यवस्थित गर्ने र सम्भव भएसम्म कालोपत्रे बनाउने वडाका सबै बाटाघाटाको स्तरउन्नति गर्ने, मानेभञ्ज्याङ्ग बजारमा सब्जि विक्री गर्न कोल्डस्टोर निर्माण,ब्यवस्थित घोडास्थलको निर्माण,वडाको छघरे र तामाङ्ग गाउँमा गुम्बा निर्माण गरिनेछ । पुल निर्माण,सडक विद्युत खानेपानी जस्ता क्षेत्रमा लगातार काम गर्नेछौँ । सिमानाकाको समस्या समाधान गर्न छलफल प्रकृया अघि बडाउनेछौँ ।
प्रश्नः नेकपा एमाले एकढिक्क हुँदा हारेका तपाईहरु अब त पार्टी विभाजन भएको छ । जित्ने आधार के छ?
उत्तरः पहिलो कुरा त हामि हाम्रो संगठन प्रति विश्वस्त छौ । नेकपा एमाले भन्दा हामी दर्बिलो छौँ । हाम्रा गठबन्धनदलका आफ्नै संगठन छन् । वडाबासीले विकास चाहेका छन् । हामीलाई भोट दिन्छन् । हामी जित्छौँ ।
प्रश्नःगठबन्धन दललाई कसरी मिलाएर लैजानुभयो?
उत्तरः नेकपा एकिकृत समाजवादीको तर्फबाट म वडाध्यक्षको उमेद्वार ,नेकपा माओवादी केन्द्रका तर्फबाट दलित महिला सदस्य लक्ष्मि गजमेर र महेश मोदि,जनता समाजवादीको तर्फबाट खुल्ला महिला सदस्य उमा राई र खुल्ला सदस्य दिल कुमार लिम्बु रहेका छौँ । हामी एकढिक्का छौ ।
प्रश्नः अन्त्यमा मतदातालाई के भन्नुहुन्छ?
उत्तरः स्थानिय सरकार तपाईको सरकार हो । बितेको पाँच बर्षमा भएको गल्ति दोहोरिन नदिन हामी आएका छौँ । दोमन नगरि हाम्रा साझा उम्मेद्वारलाई मतदान गरि विजयी गराउँनु हुन हार्दिक अपिल गर्दछौँ ।
प्रश्नःसमय र संवादका लागी तपाईलाई धन्यवाद
उत्तरःधन्यवाद
नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उमेद्वार राजकुमार शेरेङ्ग
२०७४ सालको स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार राजकुमार शरेङ्गको टिम विजयी बन्यो । वडा सदस्य पदमा भने एमालेका तेज कुमार पान्डे (अमृत) विजयी बनेका थिए । शेरेङ्गले संघियताको पहिलो अभ्यास गर्दै जनप्रतिनिधिका रुपमा सूर्योदय नगरपालिका वडा नं १ को नेतृत्व लिए । पाँच बर्षका बिचमा उन्ले गरेका काम केही लोकपृय बने भने कुनै विषयमा उनि आलोचित पनि बने । ऐतिहासिक गोर्खे बजार कालोपत्रे गर्ने कामले शेरेङ्ग चर्चा चलेको थियो भने वडाकार्यलयमा उनलाई नभेटिने जनगुनाशा ब्यापक छ । आफुले गरेका काम र आफु माथि लागेका आरोपप्रति उनको प्रतिकृया हामिले लिईएका छौ । अन्तर्वाताको शांरस यहाँ प्रस्तुत छः
प्रश्नः तपाईको पाँच बर्षे कार्यकाल कसरी बित्यो ?
उत्तरः संघियताको पहिलो अभ्यास त्यति सहज थिएन । निती,नियम र कानुन निर्माण गरि कार्यान्वयनको चरणमा लैजान अनेकन कठिनाई भोगे का छौँ । कोेरोना भाईरसको प्रकोपबाट नागरिकलाई बचाउन र खोप उपलब्ध गराउन चुनौती थियो हामी सफल बन्यौँ । विकास निर्माणका काम थुप्रै भएका छन् । बाँकी काम पुरा गर्न पुनः मैले उमेद्वारी दिईएको छु ।”
प्रश्नः तपाईको नेतृत्वमा वडाले पाँच बर्षमा के पायो?
उत्तरःपहिलो कुरा त ऐतिहासिक गोर्खे बजार क्षेत्रको ५३० मिटर कालोपत्रे गर्ने काम सम्पन्न गरियो । हामी निर्वाचित हुँदा टाटिमा रहेको स्वास्थ्य चौकी निर्माण गरेका छौँ । ल्याव र बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकीमा अहिले हाम्रो मात्र होईन अन्य वडाबाट आएर पनि सेवा लिनुहुन्छ । ऋषिमोड मानेभञ्ज्याङ्ग बाह्रमासे सडक निर्माण गर्यौ । यात्रा गर्न सक्ने स्थििति थिएन कम्तिमा सहज तरिकाले सवारी आवातजावत हुन्छन् । अझ यसलाई विकास र विस्तार गर्दै लैजाने र कालोपत्रे गर्ने हाम्रो तयारी छ । धाप–शनिश्चरे बाटो,सघन सहरी बजेट अन्तर्गत चिहाने खोलाबाट गोर्खे सम्म बजेटका लागी पाँच करोड विनोजन भएको छ लगायत सडकका क्षेत्रमा करोडौँ लगानि भएका छन् । साखाबाटोहरुमा पनि प्रशस्त बजेट आईरहेका छन् । यहाँ भनेर साद्धे छैन ।
प्रश्नः तपाई त वडामा भटिनुहुन्न रे? एउटा सिफारिसमा हस्ताक्षर गराउन २–३ दिनसम्म वडाध्यक्ष खोज्नुपर्छ भन्ने आरोप छ नी?
उत्तरः २४ घण्टा नै अध्यक्षलाई भेट्न सकिदैन । एक त ठुलो भुगोल छ । जनताका घरदैलोमा समस्या समाधान र माग सम्बोधन गर्न कुद्नै पर्ने । अर्को त नगर कार्यपालिकाको बैठकमा उपस्थित हुनै पर्यो । आरोप लगाएजस्तो आफ्नो काममा ब्यस्त भएको चै होईन तर कार्यब्यस्थताले म वडामा नहुँदा कसैले कुनै बेला नभेट्नुभएको हुन सक्छ । अब त्यस्तो समस्या भएको भए सेवा प्रवाहलाई सहज बनाउन दोश्रो ठाँउमा उपकेन्द्र खोलेर पनि प्रशासनिक सेवासुविधा प्रवाह गर्छौँ । यसअघि पनी वडासदस्यलाई कार्यवहाक दिएर म हिन्ने गर्थिए खासै समस्या भएजस्तो त लागेन ।
प्रश्नः पुनः वडाध्यक्ष बन्नलाई उमेद्वारी दिनुभएको छ । अबको योजना कस्ता छन? कस्ता कुरामा प्रतिबद्ध हुनुहुन्छ ?
उत्तरः पुर्वाधार विकासका काम बाँकी छन् । ऋषिमोड मानेभञ्ज्याङ्ग बाह्रमासे सडकको काम पुरा गर्छौँ । थुम्केलाई पर्यटन हव र चित्रे क्षेत्रलाई पिकनिक स्पोर्ट बनाउने योजना छ । प्रत्येक टोलमा अलवेदर पुर्याउने । सबै क्षेत्रमा सडकको ब्यवस्थित पहुँच पुर्याउने छौँ । शिक्षा क्षेत्रको विकास गर्न वडामा एउटा नमुना विद्यालय बनाउने, गुणात्मक विकास गर्ने काम गछनैँ । मंगलबारेमा स्वास्थ्य चौकी भवन निर्माण गरि थप सेवा प्रवाह गर्नेछौँ । मकर्जुङ्ग र जिल बिच साथै कार्की डाँडा र मेहेलबोटे बिचमा झोलुङ्गे पुल निर्माण गरि बन्जिजम्पको सम्भाव्यता हेरेर काम अगाडि बढाउने । लगायतका थुप्रै योजना छन् हामी पुरा गर्छौ ।
प्रश्नः तपाईको चुनाव जित्ने आधार केछ?
उत्तरः मतदाता मेरो साथमा छन् । गर्न बाँकी काम धेरै छन् ।त्यो पुरा गर्न वडाबासीले मलाई चुन्नुहुनेछ । मतदाता नै मेरो आधार हो । रुख चिन्हमा मतदान गरि मेरो टिमलाई विजयी गराईदिन हार्दिक अपिल पनि गर्दछु ।
प्रश्नः समय र संवादका लागी यहाँलाई धन्यवाद ।
उत्तरः धन्यवाद