फराकिलो मतान्तरले बिजयी बनेका होम बहादुर कार्की एमालेको विरासत जोगिनेमा पुनः ढुक्क

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मनोज अधिकारी, फिक्कलः स्थानीय तहको निर्वाचन २०७४ मा सूर्योदय नगरपालिकाकाका १४ वडाध्यक्ष मध्ये सबैभन्दा फराकिलो मतान्तरले बिजयी बनेका होम बहादुर कार्की पुनः चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेको तर्फबाट सूर्योदयको वडा नं ३ मा वडाध्यक्ष पदका उम्मेदवार बनेका होम बहादुर कार्कीले संघीय समाजवादी पार्टी, नेपाली कांग्रेस लगायतका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै जनप्रतिनिधिका रूपमा पाँच बर्षे कार्यकाल सम्पन्न गरिसकेका छन् । करिब ३८)४० बर्ष कम्युनिष्ट राजनीतिमा बिताएका कार्की पुर्व प्रधानमन्त्री झलनाथ खनालका निकट मानिएपनि पार्टी विभाजन पछि भने खनालको साथ छोडेर उनी नेकपा एमालेमा नै रहेका छन् । सूर्योदयमा तत्कालीन एमालेबाट निर्वाचित सम्पुर्ण वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा जाँदा कार्की एक्लै एमालेमा रहेका हुन् । जनप्रतिनिधिका रूपमा पाँच बर्ष पुरा गरेका उनले नगरपालिकाको भौतिक पूर्वाधार विकास समिति संयोजक भएर काम गरेका छन् । यसर्थ पनि पुर्वाधार विकासका क्षेत्रमा कार्की संग लामो अनुभव छ ।

उन्को पाँच वर्षे कार्यकाल र अबका प्रतिबद्धताका सम्बन्धमा इलाम खबरले कुराकानी गरेको छः

प्रश्नः नेकपा एमाले पार्टी विभाजनपछि सूर्योदयका अधिकांश जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोज्दै गर्दा तपाईं एमालेमै बस्नुको कारण के नी?
उत्तरः म वि, सं २०४२ सालबाट नै एमालेमा आस्था राखेको र २०५२ सालमा पार्टीको संगठित सदस्य भएको कारण साथै म व्यक्तिको पछाडि नकुदी सिद्धान्तलाई आत्मसाथ गर्ने भएकाले मैले विभाजन रोजिन । जतिपनी साथीहरु समाजवादीमा जानुभएको छ, उहाँहरु व्यक्तिगत स्वार्थ र पद लोलुपताका कारण जानुभएको हो । एमालेको निती र सिद्धान्त मन नपराएर होइन । एक्लै भएपनि नेकपा एमालेमा बस्ने मेरो प्रतिज्ञा भएकाले म एमालेमा रहेको हो ।

प्रश्नः तपाईं पाँच बर्ष वडाध्यक्ष मात्र नभएर नगरको भौतिक पूर्वाधार विकास समिति संयोजक समेत रहनुभयो । आफ्नो कार्यकालमा वडा र नगरका लागी गरेका मुख्य काम के के छन्?
उत्तरः मुख्यतः बुद्धपार्क निर्माण गरी पर्यटकीय क्षेत्रमा सुधार ल्याउने काम भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाम्रो वडामा निर्माण गरिएको बुद्धपार्क नगरपालिकाको पर्यटन प्रवद्र्धनको आधार पनि हो । यस्का साथै मेरै योजना अन्तर्गत फिक्कल,गोर्खे,मानेभञ्ज्याङ सडकलाई टेन्डर पारि क्रमागत बजेटमा राखेर काम अगाडि बडेको छ । अहिले दुई किलोमिटर कालोपत्रे समेत भैसकेको र पाँच किलोमिटर ग्राभलिङ भएको अवस्था छ । रूङसुङ सडकलाई मुख्यमन्त्री ग्रामीण सडकमा हाल्न सफल भएँ । बिचमा कोरोनाले केही असहज भएपनि क्रमागत बजेट अन्तर्गत १० किलोमिटर ग्राभलिङको काम भईरहेको छ । बुद्ध पार्क कट्टेबुङ्ग सडकलाई अलवेदरका रूपमा निर्माण भैरहेको छ । थापाथली(जिल(रूङसुङ( मेहेलवोटे( मंगलबारे सडकलाई क्रमागत बजेटमा हालेर नियमित बजेट आउने काम गरेको छु । त्यसैगरी, बरबोटे,माने,सुदुङ, कट्टेबुङ्ग,श्रीअन्तु लगायतका सडकहरूलाई प्रदेश सरकार बाट आउने रकममा हालेर बजेट विनियोजन गरिएको छ । स्वास्थ्य चौकी निर्माण र बिद्युतिकरणको काम महत्वपूर्ण रूपमा सम्पन्न भएको छ । विजुलीका पोल करिब ८० प्रतिशत फेरिएको छ । र अर्को मेरो महत्वपूर्ण उपलब्धि भनेको मैले वडाबासीको काम एक घन्टा पनि ढिलो गरेको छुईन । सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, बिधुत लगायत पुर्वाधारका क्षेत्रमा थुप्रै काम भएका छन् ,हुने क्रममा छन् । भत्ता वितरणका लागी घरघरमा पनी पुगेको छु । शिविर संचालन गरेको छु । अपाङ्गता भएका अशक्त,गरिबहरूको काम गर्न थुप्रै पटक मालपोत कार्यालय धाएको काम पनि मेरा उपलब्धि नै हुन् ।

प्रश्नः पुन वडाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको छ । अब चै वडाका लागी कस्ता काम गर्ने प्रतिबद्धता छन्?
उत्तरःपहिलो कुरा त यसअघि हामिले निती, नियम र कानुन बनाएका छौँ । थुप्रै आयोजनाहरु निर्माणका चरणमा छन् । तिनलाई पुरा गर्नुपर्ने छ । परिणाममुखी बनाउनु छ । म संग पुर्वाधारका क्षेत्रमा थुप्रै अनुभव पनि छन् । वडा संचालनको अनुभव छ । त्यस्को आधारमा अब तिव्र गतिमा विकासका काम अगाडि बढाउन म प्रतिबद्ध छु । यसअघिका सम्पुर्ण बजेट नगरपालिका केन्द्रीत भए वडालाई सक्तिशाली बनाईएन । पन्चायतका बेला जति बजेट आँउथ्यो त्यो रेसियोमा पनी अहिले आउनुपर्ने बजेट आएन । अधिकारका क्षेत्रमा सक्तिशाली बनाईए पनी विकास बजेट वितरण न्युन रह्यो । अब नगरपालिकाका बजेट वडामा ल्याउने कुरामा भुमिका खेलेर काम गर्नुपर्ने हुन्छ । अर्को कुरा, यो अलवेदर सडकभन्दा प्राथमिकता चै गाँउघर, टोलबाट सडक सम्म निस्कने साखा बाटोलाई दिनुपर्ने रहेछ । मानिसले कृषिजन्य सामाग्रीहरु बजार सम्म पुर्याउन, विरामी पर्दा झट्ट सडकमा पुग्न साखा बाटो पहिले बनाउनु पर्ने रहेछ म त्यो काम गर्छु ।

प्रश्नः तपाईंले चुनाव जित्ने आधार के छ?
उत्तरः पहिलो कुरा त,मैले जनप्रतिनिधि भएर काम गरिरहँदा यस वडाका १२५० घरका एकजना मान्छेलाई चिन्न बाँकी छैन । सबैलाई चिन्छु । सबैको कुनै न कुनै काम गरेको छु । मेरो काम देख्नुभएको छ सबैले मलाई मतदान गर्नुहुन्छ । अर्को कुरा हिजो कोरोनाकालमा मानिस घरघरमा विरामी परेका बेला, घरघरमा मृत्यु भएको बेला अहिले चुनावमा उठेको साथिहरु कहाँ हुनुहुन्थ्यो? मैले त कतै देखिन । म लाश जलाउन एक्लै पिढितको घरमा पुगेको बेला उहाँहरु कसैको सहानुभूति नै पाइएन । त्यसर्थ वडाबासीले मेरो कामको मुल्यांकन गर्नुहुनेछ । एकजना मेरा प्रत्यासी साथिलाई मैले असल निर्माण व्यवसायी हो भनेर सिफारिस गरेको थिए उहाँ बन्नुपनी भयो । अहिले म सँग चुनाव लड्न आउनुभएको रहेछ । उहाँ एक असल निर्माण व्यवसायी हो । कामको म प्रशंसक पनी हुँ, तर उहाँ राजनीति गर्ने मान्छे होइन । व्यवसाय गर्नु र राजनीति तथा समाजसेवा गर्नु फरक कुरा हो । त्यसैले वडाबासीले व्यक्ति पहिचान गर्नुहुनेछ सुर्य चिन्हमा मतदान गरि मलाई भारी मतान्तरले बिजयी गराउनु हुनेछ भन्नेमा म पुर्ण विश्वस्त छु ।

प्रश्नःअन्त्यमा आफ्ना मतदातालाई के भन्नुहुन्छ?
उत्तरःमैले पाँच बर्षमा गरेको कामको मुल्यांकन गर्नुहोस् र पुनः सुर्य चिन्हमा मतदान गरि हाम्रो टिमलाई मतदान गर्नुहोस् । हामी साँच्चै समृद्धि ल्याउन कटिबद्ध भएर लाग्ने छौँ ।

प्रश्नः समय र संवादका लागी धन्यवाद ।
उत्तरः धन्यवाद

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय