सूर्योदय ५ को वडाध्यक्षमा कांग्रेसका २४ वर्षीय बम्जन विजयीः चार सदस्यमा एमालेको जित

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ ३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःइलामको सूर्योदय नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ । केहीबेर अघि सम्पन्न मतगणना अनुसार कांग्रेसबाट वडाध्यक्षमा २४ बर्षिय उर्गेन बम्जन विजयी भएका हुन् । उनले ७५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा ९एकीकृत समाजवादीका अनिल लिम्बूले ६६९ मत प्राप्त गरे ।

यस्तै अन्य चार वडासदस्यमा भने एमालेको प्यानल नै बिजय भएको छ । महिला वडा सदस्यमा केसर कुमारी तिम्सिनाले ६९५,दलित महिला सदस्यमा कविता दियालीले ६८२ मत खुल्ला सदस्यमा आकाश लेप्चाले ७२५ तथा हिमाल चन्द्र लिम्बुले ८०० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय