
फिक्कलःसूर्योदय नगरपालिकाको ५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ भने दुई नम्बर वडामा वडाध्यक्ष र ३ वडा सदस्य नेकपा एमालेले जितेको छ । उक्त वडाको एक सदस्यमा कांग्रेसका उम्मेद्वार विजयी भएका हुन् । वडा नं ३ मा नेपाली कांग्रेसले अध्यक्षमा जित हाँसिल गर्दा वडा सदस्यमा नेकपा एसको विजय भएको छ । वडा नं ४ मा नेकपा एसको अध्यक्ष सहित ३ वडासदस्य र एक नेपाली कांग्रेसले विजय हाँसिल गरेको छ । ५ नम्बर वडामा भने नेपाली कांग्रेसको अध्यक्ष र ४ वडा सदस्यमा नेकपा एमाले विजयी भएको छ । हालसम्म ५ वडाका २५ जनप्रतिनिधि मध्ये नेपाली कांग्रेसका ९,नेकपा एमालेका ८ र नेकपा एसका ५ जनप्रतिनिधि चुनिएका हुन् । वडा नं ६ को मतगणना जारी छ ।


