सूर्योदय नगरप्रमुखमा दोहोरिए रणबहादुर,उपप्रमुखमा दुर्गाकुमार विजयी

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ ७,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

फिक्कलःइलामको सूर्योदय नगरपालिका मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेस विजयी भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सूर्योदय नगरपालिका मेयरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी उम्मेदवार रनबहादुर राई १२ हजार ४ सय ३१ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार काजीमान कागतेलाई १ हजार ८ सय ५२ मतान्तरले पराजित गरेका हुन् । पराजित काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय