सूर्योदय १३ का जनप्रतिनिधिलाई स्वागत तथा बिदाई

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रबिन बिसि,ईलामः सुर्योदय नगरपालिका वडा नं १३ मा नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा निबर्तमान जनप्रतिनिधिहरुलाई बिदाई गरिएको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट वाड अध्यक्षमा निर्वाचित हेमराज आचार्य सहित सदस्यहरु राजकुमार श्रेष्ठ ,दलित महिला सदस्य रिता परियार र खुल्ला सदस्यहरुमा टीका कटेट्ल र कमल पौडेललाई निवर्तमान वडाका अध्यक्ष धन बहादुर राईले स्वागत गर्दै कार्यलय भवन भित्र प्रबेश गराए । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई कदर पत्र ,र मायाको चिनो पुर्वअध्यक्ष राई र सचिब गोबिन्द चेम्जोङले प्रदान गरेका हुन् ।
वडाध्यक्ष हेमराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका वडा सभापति भुपेन्द्र राई , नेकपा एमालेका अध्यक्ष हरि बहादुर राई ,पुर्व लक्ष्मिपुर गाबिस नेपाली कांग्रेसका सभापती सचिता नन्द पौडेल ,निबर्तमान अध्यक्ष राई ,निबर्तमान सदस्यहरु कमल बहादुर राई ,बिमला बिसन्खे ,सिवा कुमारी आले मगर र गम्भीर बहादुर राईको आतिथ्यता रहेको थियो । वडाका सचिब गोबिन्द चेम्जोङले उक्त कार्यक्रममा स्वागत मनतब्य राखेका थिए ।

पाटी प्रतिनिधि नेपाली काग्रेसका वडा सभापति भुपेन्द्र राईले अबका निर्वाचित टिमले शिक्षा ,स्वास्थ ,खानेपानी ,मोटरबाटोलाई बिशेष ध्यानमा राख्दै तिव्र गतिले काम गर्न सुझाब दिईएका छन्।
यस्तै ,निर्वाचित वडा सदस्य कमल पौडेलले जनताकोे बिश्वासलाई कहिले निराश हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा पुर्व वडाध्यक्ष राइले निर्वाचित जनप्रतिनिधिहरुलाई ५ बर्शे कर्याकाल सफल रहोस् भनी शुभकामना दिएका छन् । सो कार्यक्रममा राईले आर्थिक बर्ष ७८,८९ को प्रतिबेदन समेत प्रस्तुत गरेका थिए ।

वडाका कर्मचारी यामुना लुईटेलले सन्चालन गर्न्नुरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडाका अध्यक्ष आचार्यले आफ्नो कार्यकालमा वडाले समृद्धि पाउने गरि कार्यसम्पादन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय