सूर्योदयबाट कम्युनिष्ट एकताको सुरुवातःकार्यपालिका गठनमा एमाले र एस बीच तालमेल

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिकाबाट कम्युनिष्ट एकताको शुरुवात भएको छ । नगरको कार्यपालिका गठनमा नेकपा ९एमाले० र नेकपा ९एकीकृत समाजवादी०बीच तालमेल हुने भएसंगै सत्ताधारी गठबन्धन टुट्दै कम्युनिष्ट पार्टीको एकता शुरु भएको हो । कार्यपालिकामा निर्वाचित गरिने महिला, दलित र अल्पसंख्यक सदस्यमा एमाले र नेकपा ९एस०ले सहमति गरी बहुमत जुटाउने भएका हुन्।

कार्यपालिकामा मेयर, उपमेयर, निर्वाचित वडाअध्यक्षबाहेक दलित र अल्पसंख्यकबाट ३ जना र निर्वाचित वडा सदस्यमध्येबाट ५ महिला गरी ८ जना थपिन्छन्। यी ८ मध्ये एमाले र नेकपा ९एस०ले ४र४ सदस्यको भागबन्डा गर्ने सहमति भएको स्रोतले जनाएको छ।

सूर्योदय नगरको कार्यपालिका गठनका लागि आज ९शनिबार० उम्मेदवारको मनोनयन दर्ता गरे। ‘कार्यपालिकाका ८ सदस्यका लागि एमाले र नेकपा ९एस०ले ४र४ जनाको भागबन्डा मिलेको छ,’ एमाले सूर्योदय नगरका एक नेताले भने ।

१४ वटा वडा रहेको सूर्योदय नगरमा प्रत्येक वडाका ५ जना ९१ वडाध्यक्ष, ४ सदस्य० तथा मेयर र उपमेयर गरी ७२ जना निर्वाचित भइसकेका छन्। यी निर्वाचितले मतदानप्रक्रियाबाटै थप ८ जनालाई कार्यपालिका सदस्य निर्वाचित गर्छन्।

सूर्योदय नगरको मेयरमा नेकपा ९एस०का रणबहादुर राई र उपमेयरमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल निर्वाचित भएका थिए। वैशाख १० को निर्वाचनमा राई र बरालले गठबन्धनबाट साझा उम्मेदवारी दिएका थिए भने एमालेका उम्मेदवार पराजित भएका थिए। तर, कार्यपालिका गठन गर्ने बेला यसअघिको चुनावी गठबन्धन टुटेको छ। नेकपा ९एस० गठबन्धनबाट अलग भएर एमालेसँग तालमेल हुने भएको हो।

सूर्योदय नगरका १४ मध्ये ७ वटा वडामा कांग्रेस, ५ वटामा नेकपा ९एस० र २ वटा वडाको अध्यक्ष एमालेले जितेका छन्। कार्यपालिका सदस्यका लागि मतदान गर्ने ७२ जना निर्वाचितमध्ये कांग्रेसका ३४, नेकपा ९एस०का २० र एमालेका १८ जना छन्। एमाले र नेकपा ९एस०बीच गठबन्धन हुँदा कार्यपालिका सदस्य छान्न बहुमत पुग्छ। एमाले–नेकपा ९एस० गठबन्धन हुँदा ३८ तथा कांग्रेसको ३४ मत हुन्छ।

कार्यपालिका गठनमा कांग्रेस–एमाले, एमाले–नेकपा ९एस० र नेकपा ९एस०–कांग्रेसबीच तालमेल गर्न लामो प्रयास भएको थियो। तर, नेकपा ९एस०का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सूर्योदय नगर र माइजोगमाई गाउँपालिकामा वैशाख ३० को चुनावका लागि गठबन्धन भएपनि कांग्रेसले नेकपा ९एस०का उम्मेदवारलाई भोट नहालेको अभिव्यक्ति सार्वजनिक भएपछि जिल्लाका कांग्रेस नेता रुष्ट बनेका छन्। उनीहरूले खनालप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन्।

खनालले केही दिनअघि एक सञ्चारमाध्यमलाई अन्तरवार्ता दिनेक्रममा इलामका स्थानीय तहमा गठबन्धनका अन्य दलले नेकपा ९एस०का उम्मेदवारलाई भोट नहालेको भन्दै सूर्योदयको नेतृत्वसमेत नेकपा ९एस०कै भोटले मात्रै निर्वाचित भएको अभिव्यक्ति दिएका थिए। सूर्योदय नगरपालिका खनालकै निर्वाचन क्षेत्रको मुख्य स्थानीय तह हो।

कांग्रेसबाट उपमेयरमा विजयी बरालले आफूहरूले वैशाख ३० कै गठबन्धनलाई निरन्तरता दिन प्रस्ताव गरेपनि नेकपा ९एस०ले मिल्नै नचाहेको आरोप लगाए। ‘हामीले त कार्यपालिकामा पनि मिलेरै जाऔं भनेका थियौं तर उहाँहरू ९नेकपा एस०ले मिल्ने कुरै गर्नुभएन,’ बरालले भने, ‘कुरा नमिलेपछि कांग्रेसले एक्लै मनोनयन दर्ता गर्दैछ।’ बरालले पूर्वप्रधानमन्त्री खनालको अभिव्यक्तिबारे भने टिप्पणी गर्न चाहेनन्।

नेकपा ९एस०का सूर्योदय नगर कमिटी अध्यक्ष कमल गदालले पछिसम्मलाई पनि हेरेर आफूहरूले कांग्रेसभन्दा एमालेसँग गठबन्धन गर्नु उचित देखेको बताए। ‘अस्तिको अनुभव र पछिसम्मलाई हेर्दा बरु एमालेसँगै हाम्रो सबैथोक मिल्नेरहेछ भन्ने निर्णय भएर एमालेसँग गठबन्धन गरिएको हो,’ उनले भने, ‘सहमतिअनुसार नै अहिले नोमिनेसन भइरहेको छ।’ उनले कार्यपालिकामा पनि गठबन्धन गर्न कांग्रेससँग छलफल भएको तर भागबन्डामा सहमति हुन नसकेको बताए। सूर्योदयको कार्यपालिका गठनका लागि आउँदो २१ गते निर्वाचन हुँदैछ।

नागरिकन्युजको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय