फिक्कलः इलामको पशुपतिनगर स्थित छब्बिसे नाका बाट अवैध रुपमा भारत निकासी गर्न लागिएको सल्लाको काठ ९लकडी० शसस्त्र प्रहारीले बरामत गरेको छ। बुधबार बिहान ४ः३० बजेको समयमा भारतिय गाडीमा लुकिछिपी लैजाँदै गरेको करिब ७० किवि काठ शसस्त्र प्रहरी बल पशुपतिनगरका सहि आईन्द्र लिम्बूको नेतृत्वमा खटिएको टोलिले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको अवैध काठ जिल्ला वन कार्यालय इलाममा पठाईने प्रहरीले जनाएको छ । WB83E0032 नम्बरको महेन्द्र बुलेरो पिकअप र सवारी चालक, भारत दार्जीलिङ शिक्षा ब्लक नाकापानी घर भएका जिवन प्रधान शसस्त्र प्रहरी बल पशुपतिनगरको नियन्त्रणमा रहेका छन् । काठ कस्ले र केका लागी निकासी गर्यो भन्ने खुलेको छैन। जिल्लाका विभिन्न नाका प्रयोग गरि अवैध रुपमा तस्करी हुने क्रम रोकिएको छैन।