फिक्कलः सूर्योदय नगरपालिकाको केन्द्र मानिने फिक्कल बजारलाई व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापन विषयक सरोकारवाला बिचको छलफल सम्पन्न भएको छ । बड्दो सवारी साधनको चाप, सडकलाई ढाकेर राखिएका पसल, अव्यवस्थित पार्किङ, सांघुरो सडक, साप्ताहिक हाटबजार आदि कारणले सवारी दुर्घटनाको जोखिम बडेपछि ट्राफिक प्रहरी, जनप्रतिनिधि, यातायात व्यवसायी, होटल व्यवसायी लगायतका सरोकारवालाको बिचमा छलफल चलेको हो । छलफलमा सहभागीहरुले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष पेमा उर्गेन लामा (भाईचुङ)ले पटक–पटक यसरी छलफल चलाउँदै आएपनि समस्याको समाधान हुन नसकेकोमा दुःख व्यक्त गरेका छन्। लामाले समस्या देखाएर मात्र नहुने भन्दै समाधानको विकल्पमा जानुपर्ने बताए। सडकलाई फराकिलो बनाईएपनि ट्राफिक व्यवस्थापन हुन नसक्नुमा सबै पक्ष जिम्मेवार रहेकोउनले बताए। लामाले सवारी साधनलाई जथाभावी रोक्न नदिन र आवश्यक नियमन गर्न ट्राफिक प्रहरीको भुमिका अझ सशक्त हुनुपर्ने धारणा राखे। सवारी चालकले स्टेनमा मात्र सवारी रोक्ने र तोकिएको ठाउँमा पार्किङ गरेमा समस्या समाधान हुँदै जाने बताएका छन् । ट्राफिकको विभागिय समस्या भए सम्वन्धित विभागमा गुनासो गर्नुपर्ने तर स्थानीय सरकारको निर्णय कार्यान्वयनमा ट्राफिक प्रहरीको भुमिका कमजोर हुन नहुने लामा बताउँछन् । उन्ले सडकको क्षेत्राधिकार ढाकेर गरिएका व्यापार व्यवसाय नगरप्रहरीले हटाउने भन्दै सडक नमिच्न आग्रह गरेका छन् उनका अनुसार वडाले तत्काल सुचना जारी गरि त्यस्ता व्यापार व्यवसाय र पसल हटाउने छ । सूर्योदय नगरपालिका प्रदेश नम्बर एक कै पर्यटकीय नगरी भएकाले फिक्कललाई सुन्दर र व्यवस्थित बनाउन सवैको समान भुमिका रहने भएकाले एकले अर्कालाई आरोप लगाएर पन्सिन नमिल्ने लामाले दावी गरेका छन् । उनि भन्छन्, ू पर्यटकीय नगरी जोक होइन यस्को अपनत्व सवैले स्विकार्नुपर्छ ।ू सवारी चालकलाई सूर्योदयमा पर्यटकीय स्थलहरू कुनकुन छन् ,त्यस्का विशेषता के छन् र अवलोकनको आवश्यकता किन छ भन्ने कुरा जानकारी भए पर्यटकलाई रोक्न सकिने लामा बताउँछन्। मिठो बोलिवचन,नम्र व्यवहार र शिष्टाचार देखाउन सके हाम्रो ठाउँमा पर्यटक अढिन सक्ने उन्को भनाई छ । फोहोर व्यवस्थापन, साप्ताहिक हाटबजारका समस्या,भाडादरमा देखिएको असमानता, पार्किङ, जस्ता समस्यालाई सरोकारवालाले गम्भीर रूपमा उठाएका थिए ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख बलराम गिरीले सबै दोष ट्राफिकलाई आउने भएपनि पार्किङको अभाव, साँगुरो सडक जस्ता कारणले भिडभाड बडेको र नियन्त्रण गर्न गारो हुने गरेको सुनाए । उन्ले जनप्रतिनिधिले समस्या समाधानमा भुमिका खेल्नुपर्ने बताएका छन्। यसैगरी प्रहरी पोष्ट फिक्कलका इन्चार्ज टिका नेपालले जथाभावी लत्रिएका तार, सडकलाई ढाकेर राखिएका पसल, सवारीको अव्यवस्थाका कारण दुर्घटनाको जोखिम बडेको बताए। उन्ले ट्राफिक जनशक्ति कम भएकाले कतिपय अवस्थामा समस्या हुनेगरेको पनि बताए। कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक फिक्कलका प्रमुख खगेन्द्र कन्दङ्वा,सनराईज जिप तथा ट्याक्सी प्रा लि का अध्यक्ष बिनोद मोक्तान, अन्तु सूर्योदय ट्याम्पु यातायात प्रा लि का अध्यक्ष सन्तोष मोक्तान, होटल व्यवसायी प्रविन तिम्सिना लगायतले आफ्(आफ्नो धारणा राखेका थिए । मोक्तानले ट्याम्पुले दोहोरो कर तिर्नुपरेको बताउँदै सडकमा खाल्डाखुल्डी धेरै भएको तर पुनः निर्माणको काम नभएको बताए। उनले नगरपालिकाले सडक विभागलाई देखाउने गरेको भन्दै समन्वय गरिदिनुपर्ने जनाएका छन् । व्यवसायी तिम्सिनाले ट्राफिक व्यवस्थापन संग सम्बन्धित सरोकारवालाको टिम बनाएर खास समस्या पहिचान हुने गरि सर्वेक्षण गरिनुपर्ने र मात्र समाधान भेटिने धारणा राखेका थिए। सवारी व्यवस्थापन सम्वन्धमा छलफल पछि निश्चित गाडी मात्र स्टेसनमा राखेर अन्यलाई पार्किङ गराईने र पालोमा ओहोरदोहोर गराउने सहमति भएको छ। सहमतिलाई कडाईका साथ कार्यान्वयन गरिने भएकाले सवारी चालकले सोही बमोजिम यात्रु ओसारपसार गर्न गराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।