एमालेसँग पार्टी एकताको सम्भावनाचाहिँ छैन तर चुनावी तालमेल हुनसक्छः खलाल

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एमालेसँग पार्टी एकताको सम्भावनाचाहिँ छैन तर चुनावी तालमेल हुनसक्छः खलाल

काठमाडौंँः नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले आफ्नो पूर्वदल नेकपा ९एमाले० सँग पनि चुनावी तालमेल हुनसक्ने बताएका छन् ।

एक संचारमाध्यमसंग कुराकानीको क्रममा उनले भनेका छन्, ‘एमालेसँग पनि तालमेल हुनसक्छ । त्यसका लागि ढोका खुल्लै छ ।’ सँगै उनले भनेका छन्, ‘तर पार्टी एकताको सम्भावनाचाहिँ छैन । आउँदै प्रादेशिक एवम् सङ्घीय निर्वाचनमा चुनावी तालमेल भने हुनसक्छ ।’

नेता खनालले एमालेसँग आफ्नो विद्रोह एमाले पार्टीसँग नरहेकोसमेत प्रष्ट्याए । ‘हाम्रो विद्रोह एमाले पार्टीसँग होइन, त्यसको नेतृत्वसँग हो । एमाले हामीले विद्रोह गरेर बनाएको पार्टी हो । तर त्यहाँको नेतृत्वको सही अडान नलिएपछि हामीले विद्रोह गरेका हौँ । त्यसकारण एमाले पार्टीसँग हाम्रो केही भन्नु छैन । तर, नेतृत्वमा गद्दारी गर्नेहरू छन् ।’

उनले आउँदो निर्वाचनपछि एकीकृत समाजवादीको ‘पोजिसन’ राम्रो हुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय