फिक्कलःनेकपा एमालेको जनवर्गीय सङगठन राष्ट्रिय जन सांस्कृतिक महासङ्घ इलामले जन संस्कृतिकर्मीहरुको भेला सम्पन्न गरेको छ । जिल्ला कमिटीको समन्वयमा सुर्योदय नगरपालिका अन्तरगतका सबै वडाबाट प्रतिनिधित्व हुने गरि कार्यक्रम गरिएको केन्द्रिय सदस्य एवं इलाम इन्चार्ज रगुन गुरुले जानकारी दिईएका छन् ।
राष्ट्रिय जन सांस्कृतिक महासघं इलाम जिल्ला कमिटी अध्यक्ष शिशिर काफ्लेको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य काजिमान कागते को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेत बिशेष अतिथी थिए । कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक महासङ्घ केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज रगुन गुरुङ, सांस्कृतिक फाँट इन्चार्ज दिप किशोर लिङ्दम , महासङघ प्रदेश १ सह कोषाध्यक्ष राजेश चाम्लिङ,सूर्योदय नगरपालिका वडा नं २ वडाध्यक्ष डिक बम्जन लगायतको आतिथ्यता रहेको थियो ।
भेलाले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ सूर्योदय नगर कमिटी गठन गरेको छ । भिमराज राईको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा बिनिता अधिकारी, सचिव पुजा राय, सह सचिव मुस्कान तामाङ रहेका छन् भने सदस्यहरुमा सनत लिम्बू , युवराज अर्याल , कमल बिक , संतोष शिवा, सन्दिप पान्डे रहेका छन् ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रम सूर्योदय ८ को मङ्गलज्योती बृद्धआश्रम मालुममा भएको थियो । महासङ्ग इलाम उपाध्यक्ष उमेश महतले कार्यक्रम सन्चालन गरेका थिए ।