इलाम क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्रीय कमिटिले गर्यो उमेद्वार सिफारिस

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः इलाम क्षेत्र नम्बर १ को प्रदेशभा क मा एमालेका ७ जना उमेद्धवारका लागी सिफारिस भएका छन् । प्रदेश सभा क्षेत्रीय कमिटिको बैठकमा ७ जना आकाक्षिले नाम टिकाएका हुन् । बैठकबाट कृष्ण प्रसाद सुवेदी ,युवराज बाशिष्ठ,सोभा पराजुली, खगेन्द्र घिमिरे, नरेश तामाङ, नोमनाथ खतिवडा, र देउकुमार दाहालको नाम जिल्ला कमिटीमा सफारिस भएको हो । टिकट पाउनेमा सबै आशाबादी देखिएका छन् ।

कृष्ण प्रसाद सुवेदीले पार्टीका लागी आफुले लामो समयबाट योगदान गर्दै आएको भन्दै टिकट पाउनेमा ढुक्क रहेको बताएका छन् । उनि राजनीति संगै सामाजिक क्षेत्रमा पनि सकृय रहेका छन् । उनले वि सं २०४० सालमा पुर्वाञ्चलमा नै पहिलो वाटर टरवाईन जोगमाई खोलाको पानीबाट उपयोग गरि त्यही बेला कुटानी,पिसानी पेलानी गरि ढिकी जाँतोको विकल्प खोजेका थिए । कञ्चन सतह सिंचाईको नेतृत्व गरेर सूर्योदय १ स्थित मकर्जुङका बासिन्दालाई राहात पुर्याउने काममा उनको ठुलो भुमिका छ । सुवेदी सहकारीका रुपमा चिया कारखाना संचालन गर्न समेत सहयोगी छन् । फिक्कल मावि ब्यवस्थापन समितिका सदस्य र निर्माण समिति अध्यक्ष भएर विद्यालयलाई जिल्लाकै नमुना बनाउन सफल भएको उनको दाबी छ । खानेपानी महासंघ जिल्ला अध्यक्ष भएका बेला आम उपभोक्ताका लागी उनी पृय बनेका थिए । विभिन्न मठ मन्दिर र सिवालय धामहरुमा साथ सहयोग गर्न रमाउने सुवेदी धार्मिक स्वभावका सरल ब्यक्तिका रुपमा परिचित छन् । आफ्ना सतगुण, पार्टी प्रतिको निष्ठा र लगावका कारण आफुले टिकट प्राप्त गर्ने उनी बताउँछन् । जिल्ला कार्य समिति सदस्य समेत रहेका उनले पार्टीको निर्णयलाई भने सहर्स स्विकार्ने समेत बताए । इलाम खबरले सिफारिस भएका अन्य उमेद्वारहरुलाई सम्पर्क गरी उनिहरुको राजनीतिक पृष्ठभुमि खोजि रहेको छ ।

यस्तै इलाम क्षेत्र नम्बर २ को ख मा पूर्व कृषि राज्यमन्त्री राम राना, सन्तराम योङ्हाङ र अनुप अधिकारीको नाम सिफारिस भएको छ । राम राना इलाम क्षेत्र नम्बर २ को क निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए । इलाम क्षेत्र नम्बर २ को क मा एमालेबाट पूर्व जिसस प्रमुख सर्वसम्मत उमेद्धवारका लागि सिफारिस भएका छन् । इलाम क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ख मा एमालेले उमेद्धवार छनौटको आज बैठक बसि निर्णय गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय