इलामको सीमावर्ती पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध चेतनामुलक कार्यक्रम

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी,फिक्कलः मानव बेचबिखनको ट्रान्जिट प्वाईन्टका रुपमा रहेको इलामको सीमावर्ती पशुपतिनगरमा चेतनामुलक कार्यक्रम गरिएको छ । मानव बेचबिखन बिरुद्धको १६ औ राष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो । तीनै तहको सरकार , मानव बेचबिखन बिरुद्धको सरोकार भन्ने मुल नाराका साथ अपराधिक कृयाकलाप नियन्त्रण गर्ने उद्धेश्यले दिवसको अवसरमा कार्यक्रम गरिएको सूर्योदय नगरपालिका महिला शाखा प्रमुख तारा शेर्पाले बताएकी छन् । सूर्योदय नगरपालिका वडा नं २ मा पर्ने पशुपतिनगर मानव तस्करीको अखडा बन्दै गएपछि जनचेतना मुलकका विभिन्न कार्यकम हुँदै आएका हुन् ।

नगरपालिका, माईती नेपाल पशुपतिनगर र शक्ति समुहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मानव बेचबिखन बिरुद्धका नारा र प्लेकार्ड सहित ¥याली सम्पन्न गरिएको थियो । ¥याली पछि पशुपतिनगर भन्सार कार्यालयमा आयोजित कार्यक्रममा सरोकारवालाले मानवबेचबिखन बिरुद्ध एक भएर अगाडी बढ्नु पर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल भारत बिचको खुल्ला सिमाको फाईदा उठाउँदै अपराधिक गिरोह सकृय भएकाले सबै आफ्आफ्नो ठाउँमा चनाखो हुनुपर्ने धारण ब्यक्त गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी सूर्योदय नगरपालिका सामाजिक बिकास समितिका संयोजक डिक बम्जनले माया प्रेम,रोजगार लगायतका बहाना देखाएर फसाउन सक्ने भएकाले जो कोही सचेत रहनुपर्ने बताए । कसैले संका पाएमा तुरुन्त प्रहरीलाई खबर गरिदिन समेत उनले आग्रह गरेका छन् ।
अपराध गर्ने र अपराध लुकाउने दुबै उस्तै हुने भन्दै माईती नेपाल पशुपतिनगरका होम ढकालले घटनाका बारे कसैले सुईको पाए तत्काल जानकारी गराउन भनेका छन् । उनले मानव तस्करको संजाल अत्यन्तै फराकिलो हुन सक्ने भएकाले गोप्य तरिकाले नियन्त्रणको प्रयाश गरिनुपर्ने बताएका छन् । धाक, धम्कि र त्रास देखाएका कारण कतिपय सर्वसाधारणले जानकारी पाएर पनि बेलैमा खबर नगर्नाले थुप्रै अपराधिहरु फरार हुने गरेको प्रहरीले बताएको छ ।
सूर्योदय नगरपालिका महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा प्रमुख तारा शेर्पाको अध्यक्षता रहेको सो कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष लोक बहादुर प्रधान, सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राई , शक्ति समुहका प्रतिनिधि, स्थानीय प्रहरी प्रशासन लगायतको सहभागीता रहेको थियो ।
बिद्यार्थी ,शिक्षक,स्थानियबासी गरी २५० बढीको सहभागीता रहेको कार्यक्रममा मानव बेचबिखन बिरुद्धका चेतनामुलक गीत समेत प्रस्तुत गरिएको थियो ।
माईती नेपाल र शक्ति समुहले मानव बेचबिखन बिरुद्धका बिभिन्न कार्यक्रम यस क्षेत्रमा गर्दै आएका छन । यस खालका कार्यक्रमलाई सूर्योदय नगरपालिकाले समेत सघाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय