इलामका चुरे क्षेत्रमा सुपारीको व्यवसायीक खेती विस्तार

द्वारा प्रकाशित गरिएको हो |
२०७९ आश्विन ४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रोङः झापाका किसानले व्यवसायीक रुपमा खेती गर्दै आएको सुपारी इलामका चुरे क्षेत्रमा पनि विस्तार भएको छ । आम्दानी राम्रो हुने, बहुवर्षे बाली भएकाले इलामका चुरे क्षेत्रका किसानले पनि व्यवसायीक खेती गरि मनग्ये आम्दानी लिन थालेका हुन् ।

इलामको चुरे क्षेत्रमा प्रमुख नगदेवालीको रुपमा सुपारी खेती फस्टाउादै गएको छ । प्रायः तराईको समतल क्षेत्रमा बढी खेति हुने सुपारी पहाडी भू–भागमा पनि प्रशस्तै उत्पादन हुन थालेको हो । इलामको चुरेका कृषकले अन्य खेतीवाली मासेर सुपारी लगाएका छन् ।

इलामको रोङ तथा चुलाचुली गाउँपालिका, माइ नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा व्यवसायिक रुपमा सुपारी खेती फस्टाएको छ । पालिकाहरुले पनि बीउ बिजन र प्राविधिक सहयोग गरेपछि किसान सुपारी खेतीमा आकर्षित भएका हुन् ।

बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ । सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपु¥याउने र छहारीको काम गर्ने भएकाले पनि दोहोरो फाइदा लिन सकिन्छ । सुपारी खेती नगदेवाली रुपमा किसानलाई रोपणमा सहयोग गर्दै आएको रोङ गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले बताए ।

कम लगानी र मेहनत पनि थोरै लाग्ने भएकाले चुरे क्षेत्रका किसानले सुपारी बेचेर ५ लाखसम्म आम्दानी गरेका छन् । व्यापारीले बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको समेत चिन्ता छैन । सुपारी खेतीमा किसानको आकर्षण बढ्दै गएपछि रोड। गाउँपालिकाले सुपारीको खपटाबाट टपरी बनाउने उद्योग समेत संचालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय