
फिक्कलः सूर्योदय नगरपालिकाले स्तरउन्नती गरेको रिङरोड वर्षातमा क्षति भएपनि अझै मर्मत हुन सेकेको छैन । सूर्योदय १० को फिक्कल बजार क्षेत्रको पशुपति रोड नजिकै रिङरोड क्षतिग्रस्त भएको लामो समय भइसक्दा पनि मर्मत नभएको हो । रिङरोड मर्मत नहुँदा सवारीसाधन संचालन हुन सकेका छैनन् । फिक्कल बजारको पशुपतिनगरतर्फको पार्किङ क्षेत्रको १५ मिटर क्षेत्रमा फोहोरमैला र माटो फ्याकिदा त्यहि बगेर रिङरोड क्षतिग्रस्त बनाएको छ ।


