
गोर्खेः श्री भगवती आधारभुत विद्यालय सूर्योदय नगरपालिका वडा नं. १ को ६७ औँ बार्षिक उत्सब सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक कृयाकलाप र साहित्यिक शृजना प्रस्तुत गरिएको गोर्खेबाट एन्जिला थामी अर्पनाले जानकारी दिईएकी छन् । वालवालिकाले नृत्य,गायन तथा कविता वाचन गरेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष राजकुमार शेरेङ्गको प्रमुख आतिथ्यता र हिमालय माविका सहायक प्रधानाध्यापक कुल बहादुर इम्सङ्गको विशेष आतिथ्यता रहेको थियो ।



कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष शेरेङ्गले विद्यालयको स्तरउन्नति गर्न वडा तयार रहेको बताए । १ नम्बर वडाको शैक्षिक विकासका लागी आफु दत्तचित्त भएर लागेको उनले बताएका छन् ।
कार्यक्रममा धन कुमार प्रधान, अर्जुन कुमार भट्टराइर्, धन कुमार मोक्तान, रोशन बुढाथोकी लगायतले शुभकामना मन्तब्य राखेको थामीले बताएकी छन् । विद्यालयकी शिक्षिका सिर्जना भट्टराईले स्वागत मन्तब्य राखेको कार्यक्रममा अनमोल शाह,लक्षणा शाह,पूर्वी थापा,सारुका घिमिरे,रञ्जिता खड्का,सोलोमान शर्मा लगायतका बालबालिकालाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको संचालन राम तामाङ्ग र एन्जिला थामीले गरेका थिए ।