राष्ट्रपति बन्ने सहमति भएको छैन तर जिम्मेवारी लिन तयार छुः खनाल

द्वारा प्रकाशित गरिएको हो |
२०७९ कार्तिक ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कल,२९ कात्तिक, (रासस) ः पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफु राष्ट्रपति बन्ने पक्कापक्कि भैनसकेको बताउनुभएको छ ।
इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेद्वार खनालले मंगलबार पत्रकारसंग कुरा गर्दै भन्नुभयो, “राष्ट्रपति,प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन ।”
उहाँले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताउनुभएको छ । “अब एउटै दलको सरकार त बन्दैन तर गठबन्धनको बहुमत आउने भएकाले सहमतिमा भागबन्डा मिलाउँदा मलाई जुन जिम्मेवारी पर्छ त्यो बहन गर्न तयार छु ।”
खनालका अनुसार यो निर्वाचन उहाँको अन्तिम चुनावी लडाई हो । उमेरले ७३ बर्ष पुगेपनि देश विकासका लागि ५ बर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको बताउँदै उहाँले भन्नुभयो, “म संग अनुभव छ,देश बनाउने योजना छ । त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु,अझ पाँच बर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्याउँछु ।”
संसदबाट मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) पास गर्ने बेला खनालले विपक्षमा मत जाहेर गर्नुभएको थियो । “एमसीसी सम्बन्धमा मेरो धारणा आज पनि उस्तै छ ।” खनालले भन्नुभयो, “नेपालको नेतृत्व गर्ने सम्पुर्ण अधिकार नेपालीमा निहित छ । दुनियाँका अन्य शक्तिसंग हाम्रो हक अधिकार निर्णीत हुँदैन ।”
इलाम क्षेत्र नं १ मा सोचेजस्तो विकास हुन बाँकी रहेको खनालको भनाई छ । “लामो समयदेखि मैले प्रयाश गर्दा पनि अपुरो रहेको काम गर्न यहाँका जनताले पुनः एकपटक मलाई निर्वाचित गराउनुहुनेछ ।” उहाँ भन्नुहुन्छ,“भएका काम धेरै छन् हुन बाँकी पनि छन् त्यो अबिभारा पुरा गर्न जनादेश लिएर जाँदैछु ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय