इलामका ३६ मतदान स्थल अति संवेदनशील,५९ वटा केन्द्र सामान्य

द्वारा प्रकाशित गरिएको हो |
२०७९ कार्तिक ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कल,३० कात्तिक ः जिल्ला सुरक्षा समिति इलामले हरेक मतदान स्थलको अवस्था विश्लेषण गरेको छ । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि एकीकृत जिल्ला सुरक्षा योजना तयार गरि मतदान स्थलको संवेदनशीलता छुट्याईएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्घानाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार ३६ मतदान स्थललाई अति संवेदनशील रुपमा लिईएको छ । ५५ वटालाई संवेदनशील र ५९ वटा केन्द्रलाई सामान्य भनि छुट्याईएको ढुङ्घानाले जनाउनुभयो । “सुरक्षा अवस्था, भौगोलिक कठिनाई वा दुरी र मतदाताको पहुँच जस्ता कुराले संवेदनशीलता पहिचान गरेका हौँ ।” उहाँले भन्नुभयो, “संवेदनशील भनेर छुट्याईए पनि सबै मतदान केन्द्रको सुरक्षा ब्यवस्था भने मजबुद बनाईएको छ ।”
दश पालिका रहेको इलामका सम्पूर्ण क्षेत्रमा सुरक्षा कर्मी परिचालन भैसकेका छन् । मङ्सिर १ गते बेलुका सम्ममा सम्पुर्ण मतदान स्थल तथा केन्द्रमा निर्वाचनका लागि खटाईएका कर्मचारीका साथ सुरक्षा टोली पुगिसक्ने बताईएको छ । प्रजिअ ढुङ्घानाका अनुसार आगामी निर्वाचनका लागी जिल्लाभर ५५० नेपाली सेना,४५४ शसस्त्र प्रहरी,७७५ नेपाल प्रहरी,एक हजार ४४८ म्यादी प्रहरी र १५ सदस्य अनुसन्धानको टोली खटिनेछन् । निर्वाचनका दिन खटिने गरि चारवटा मोबाईल टोली बनाईएको छ । जिल्लामा प्रजिअ को नेतृत्वमा र निर्वाचन क्षेत्रमा उप–सिचव स्तरको कर्मचारीको नेतृत्वमा टोली परिचालित हुनेछ ।
इलाम भारतीय सीमा संग जोडिएको जिल्ला भएकाले सुरक्षा ब्यवस्था थप मजबुद पार्न अनिवार्य छ । पूर्वी नेपाल–भारत सिमाना शिल गर्ने बिषयमा भारतको दार्जिलिङ् स्थित भारतीय समकक्षीहरु संग बैठक बसेको प्रजिअ ढुनाले जानकारी दिनुभएको छ । “दुईदिन अघि सिमा क्षेत्र पशुपतिनगर स्थित फाटकमा बैठक बस्यौँ । निर्वाचनको ७२ घण्टा अघि सीमा शिल गर्ने,निर्वाचनको मौका छोपेर हुन सक्ने सम्भावित अवैध कृयाकलापमा रोक लगाउने लगायतका बिषयमा छलफल भएको छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय