इलामको कर्णाली भनेर चिनिने क्षेत्र समृद्ध बन्दैछः नेम्वाङ

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कल,३० कात्तिक, (रासस) ः नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले इलामको विकट क्षेत्र विकसित बन्दै गएको बताउनुभएको छ । इलाम क्षेत्र नं २ बाट उम्मेद्वार रहनुभएका नेम्वाङले फाकफोकथुममा आयोजित चुनावी सभामा बोल्दै भन्नुभयो, “यो क्षेत्र इलामको कर्णाली भनेर चिनिने विकट क्षेत्र थियो तर अहिले धेरै विकास निर्माणका काम भएका छन् ।”

नेकपा एमालेको नेतृत्वमा सडक देखि पुल सम्मका सयौँ आयोजना सम्पन्न भएपछि इलाम क्षेत्र नं २ समृद्धिको बाटोमा अघि बढेको उहाँको भनाई छ । “कुनैबेला यो ठाउँमा एक लाईन टेलिफोन सेवा थिएन । म निर्वाचीत भएयता थुप्रै काम भएका छन् । बिजुली बलेको छ । सडक बन्दै छ । यहाँको विकासक्रम देखेर मानिसहरु डाहा गर्न थाले ।” उहाँले भन्नुभयो, “अब यहाँ कसैले कल्पना गर्न नसक्ने विकास हुनेछ । त्यसको जिम्मा म लिन्छु ।”

नेम्वाङ यसअघि २०५६,२०६४,२०७०,२०७४ का सबै संसदीय निर्वाचनमा निर्वाचीत भएयता इलाम क्षेत्र नं २ मा सडक,बिजुली बत्ति, टेलिफोन,खानेपानी,स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा उल्लेख्य सुधार भएको स्थानीय भगिरथ भण्डारीको भनाई छ । “अब यस क्षेत्रका नागरिकले भरपर्दो उपचार पाउने अस्पताल निर्माणमा हामी लाग्छौँ ।” नेम्वाङले भन्नुभयो, “चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ । तत्काल यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणको थालनी गर्छौँ ।”

यसअघिका निर्वाचनमा सहज जित हासिल गर्दै आउनुभएका नेम्वाङ्संग यो पटक बाम लोकतान्त्रिक गठबन्धन चुनौत बनेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का नेम्वाङ्का मुख्य प्रत्याशि उम्मेद्वार हुनुहुन्छ । प्रधानमन्त्री निकट मानिनुभएका खड्का यो पटक २३ बर्षे एकात्मक शासन अन्त्य गर्दै युवा नेतृत्व स्थापित गर्ने ध्येयमा देखिनुभएको छ ।

इलाम जिल्लाका लागी कुल मतदाता २ लाख २४ हजार ४ सय ७७ रहेका छन् । स्थानीय तहको निर्वाचन यता जिल्लामा १२९ मतदाता थपिएका छन् । इलाम क्षेत्र नं १ मा मात्र १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय