
मनोज अधिकारी
फिक्कल,१० मङ्सिरः पूर्व प्रधानमन्त्री एवं नेकपा नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले चुनाबमा धाँधली भएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यका लागी इलाम क्षेत्र नं १ बाट बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताउनुभयो ।
सनिबार पत्रकारसंग कुरा गर्दै उहाँले भन्नुभयो, “सरासर धाँधली भएको छ । २ हजार ४ सय २४ मत खसेको मुचुल्का छ। यिनै बाकसमा गन्दा २ हजार ६ सय ९० मतपत्र फेला परेको छ। २ सय ६६ मतपत्र बढी भेटियो।” आक्रोशित शैलीमा खनालले भन्नुभयो, “यी मतपेटिका बाकसमा ब्रह्माजी आएर राखिदिएको हो की महादेव आएर राखेको हो?”
उहाँले निर्वाचन ऐन अन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाउनुभएको छ । “कसले छिरायो त्यहाँ भित्र मुचुल्का कागज सहि हो की हैन? निर्वाचन ऐन अन्तर्गत त्यो कागजले मान्यता पाउँदैन ।”
हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा एमालेका महेश बस्नेतले २ हजार ४ सय ५५ मतान्तरले अग्रता लिईरहनुभएको छ। खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार ५४२ मत पाउनुभएको छ ।
आईतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनमा इलामबाट एक लाख २९ हजार १ सय ७५ मत खसेको थियो । यो कुल मतदाता संख्याको ५७।७७ प्रतिशत हो । क्षेत्र नं १ मा मात्र खसेको ५९ हजार ९ सय ६ मध्ये १७ हजाजर २ सय ५९ मत गणना हुन बाँकी छ । तर खनालले पुनः मतदानको माग गर्नुभएको छ ।”


