इलामः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मतगणनामा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि विरोध शुरु भएको छ । सामाजिक सन्जालमा हार स्विकार गर्न नसकेको आरोप लगाउँदै खनालको चर्को विरोध भैरहेको छ । शुरुवात बाट नै खनाल विरुद्ध एमाले उम्मेद्वार महेश बस्नेतले इलाम क्षेत्र नं १ मा लगातार अग्रता कायम राखेका छन् । मतगणना कार्य जारि छ । पछिल्लो परिणाम अनुसार बस्नेतले २१ हजार ३ सय १२ मत प्राप्त गर्दा खनालले १९ हजार १ सय ७० मत प्राप्त गर्दै २ हजार १ सय ४२ मतान्तरले पछाडि छन् । ८ हजार ९ सय ३५ मत गणना हुन बाँकी छ ।
नेकपा एमालेको प्रतिनिधि समेत रहेका युवा संघका नेता निरोज पौडेलले भएको इज्जत समेत धूलिसाथ नगर्न भन्दै खनाललाई सुझाव दिएका छन् । पौडेलले वक्तव्य जारी गर्दै खनालले मिडियामा धाँधली भयो भनेर आफ्नै बेइज्जत गरेको बताएका छन् । शान्तिपूर्ण चुनाव भएको भनेर वक्तव्य दिने खनालले चुनाव हार्ने भएपछि धाँधलीको आरोप लगाउनु लज्जास्पद भएको उनले बताए ।



उनले भनेका छन्( ‘सरकार उसैका, कर्मचारी उसैका, सारा स्रोत, साधन र शक्ति पनि उसैका । कसले धाँधॅली गरेका होलान् रु इलामका जनता झलनाथले विकास नगरेको र पार्टी फुटाएको विषयमा रिसाएर भोट नदिएको अवस्थामा यतिखेर बोल्नु भनेको हार स्वीकार गर्न नसक्नु हो।’ fromnepalpress

