इलाम क्षेत्र १ को प्रतिनिधिसभामा एमाले अगाडि,प्रदेशसभा तर्फ गठबन्धनको अग्रता

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कल,११ मङ्सिर )ः नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतगणना जारी छ । हालसम्मको गणनाअनुसार प्रतिनिधिसभा तर्फ नेकपा (एमाले) का महेश बस्नेतले लगातार अग्रता लिईरहनु भएको छ ।

पछिल्लो जानकारी अनुसार उहाँले २ हजार १ सय ९९ मतान्तरले अग्रता लिईरहनुभएको हो। बस्नेतले २३ हजार ९० मत प्रप्त गर्दा खनालले २० हजार ८ सय ९६ मत पाउनुभएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभएको छ ।

यता प्रर्व प्रधानमन्त्री समेत रहनुभएका खनालले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको माग गर्नुभएको छ । उहाँले निर्वाचन आयोगलाई पत्र पठाईसक्नुभएको हो ।

यसैगरि प्रदेशसभातर्फ दुबै क्षेत्रमा गठबन्धनका उम्मेद्वारको अग्रता रहेको छ । प्रदेश सभा १ ‘क’ मा नेकपा एमालेकी उम्मेद्वार शोभा पराजुलीलाई मतले पछि पार्दै गठबन्धनबाट नेकपा एसकी खिनु लिम्बुको फराकिलो अग्रता कायम छ ।

लिम्बुले १० हजार ३ सय ६८ मत प्राप्त गर्दा पराजुलीले ८ हजार ३ सय ३१ मत पाउनुभएको छ । ६ हजार ९ सय ७२ मत गणना हुन बाँकी हुँदा मतान्तर २ हजार ३७ रहेको छ । यता प्रदेश सभा १ ‘ख’ मा पनि गठबन्धनबाट नेपाली कांग्रेसका शम्सेर राईको अग्रता छ ।

उहाँले १२ हजार १ सय ५४ मत प्राप्त गर्दा निकट्तम प्रतिद्धन्दि एमालेका दिपक कुमार थेबेले ११ हजार ७ सय ५० मत पाउनुभएको छ । १ हजार २ सय ५७ मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय