धन्यबाद दिँदै गुनासो सुन्न मतदाताको घर–घरमा महेश बस्नेत

द्वारा प्रकाशित गरिएको हो |
२०७९ मंसिर २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कल,२१ मङ्सिर ः इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचीत सांसद महेश बस्नेत मतदानका लागि धन्यवाद दिन मतदाताको घर–घरमा पुगिरहनुभएको छ । भोट माग्न जाँदा गरेका प्रतिबद्धता पुरा गर्ने बाचा गर्दै समस्या सुन्न जनताको घर–घरमा पुगिरहेको उहाँ बताउनुहुन्छ ।
“आधाभन्दा धेरै ठाउँमा पुगेर धन्यवाद दियौँ । सकेसम्म सबै टोलमा पुगेर उहाँहरुलाई भेट्ने र समस्या टिपोट गर्ने हाम्रो लक्ष्य हो ।” बस्नेतले भन्नुभयो, “मलाई नेकपा एमालेले मात्र होईन नेपालि कांग्रेस लगायतका अन्य मतदाताले समेत विश्वास गरेर मत दिनुभएको छ । म विश्वास खेर जान दिनेछैन ।”

सनिबार सूर्योदय नगरपालिका वडा नं १२ स्थित आईतबारे टोलमा भएको कार्यक्रममा सहभागि स्थानीयले बस्नेतलाई ज्ञापनपत्र बुझाए । उनिहरुले बर्षौ देखि पुरा नभएको सडक,खानेपानी र बिजुलीका समस्या समाधान गरिदिन माग गर्दै पत्र बुझाएका छन् । स्थानीय सुवर्ण ढकालले भन्नुभयो, “फिक्कल बजार बाट गाउँ जोडिने सडक कालोपत्रे होस्, खानेपानी, बिजुली आदिका समस्या समाधान भयो भने पुग्छ ।”

माईजोगमाईका गोबिन्द सापकोटाले यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहुँदा नागरीकले समयमा उपचार पाउन नसकेको बताउनुभएको छ । सापकोटा भन्नुहुन्छ, “भरपर्दो अस्पताल छैन सारोगारो पर्दा टाडा जानुपर्छ । हामिले विकासको आशा गरेर नयाँ अनुहारलाई जिताएका छौँ । अब त पक्कै केहि परिवर्तन होला ।”

सांसद बस्नेतले समस्या क्रमश सुधार गर्दै जाने बताउनुभएको छ । “नीतिगत सुधार गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “जनताको ठुलो माग छैन । आधारभुत आवश्यक्ता पुरा होस् भन्ने अपेक्षा सामान्य हो । त्यो समाधान गर्न म कटिबद्ध भएर लाग्छु ।”

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई पराजित गर्दै पहिलोपटक सांसद बन्नुभएका बस्नेत नेकपा एमाले इलामका अध्यक्ष हुनुहुन्छ । उहाँले बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार खनाललाई २ हजार ९ सय ५७ मतान्तरले पराजित गर्नुभएको हो । खनाल यसै क्षेत्रबाट पाँच पटक सांसद निर्वाचीत बन्नुभएको थियो । वि सं २०५६ सालबाट अपराजित खनाललाई हराउन सफल बस्नेत इलाम नगरपालिकाको दुई कार्यकाल प्रमुख बन्नुभएको छ ।

बस्नेतले यो महिनाभरि मतदातासंग भेटघाट गर्दै उहाँहरुका समस्या र गुनासा सुन्ने कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि इलामका सचिव दिनेश ढकालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय