१५ शैय्याको फिक्कल अस्पताल उद्धघाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७९ पुष १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कल,१५, ९रासस० ः इलामको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरिएको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै नगर कार्यपालिकाले १५ शैय्याको अस्पतालको रुपमा स्विकृत दिएपछि बिहिबार उद्धघाटन गरिएको छ । अस्पतालमा ३३ जनाको दरवन्दी रहनेछ । जसमा एक मेडिकल जनरलिष्ट , दुई मेडिकल अधिकृत समेत हुनेछन् । स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टा सेवा प्राप्त हुनेछ ।

अस्पतालले विरामी भर्ना गरि वार्ड सेवा समेत प्रवाह गर्नेछ । यसअघि अस्पतालले स्वास्थ्य चेकजाँच र आकस्मिक सेवा मात्र प्रवाह गर्दै आएको थियो । मेडिकल सुपरिटेन्डेन्ट सागर पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रणबहादुर राई र उपप्रमुख दुर्गाकुमार बरालले स्तरोन्ती भएको अस्पतालको उद्धघाटन गर्नुभएको हो।

अस्पतालको उद्धघाटन गर्दै नगर प्रमुख राईले नगरपालिकाले दरबन्दी तेरिज र संगठनात्मक संरचना समेत पारित गरिसकेको बताउनुभयो । उहाँले हाललाई मेडिकल जनरलिष्ट नभएकाले अस्पताल व्यवस्थापन समितिले चाडै व्यवस्थापन गर्ने बताउनुभएको छ।

“आकस्मिक बिरामी पर्र्दा सूर्योदय र आसपासका क्षेत्रका बासिन्दाहरु झापा जानुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ ।” उहाँले भन्नुभयो, “भौगोलिक रुपमा सूर्योदय नगरपालिका कठिन भएकाले सवै वडामा जान सक्ने एम्बुलेन्स व्यवस्थापन अघि बढेकाले केही दिनभित्र अस्पताललाई हस्तान्तरण गरिनेछ।”

नगर उपप्रमुख दुर्गाकुमार बरालले अस्पताल स्थापना र एम्बुलेन्स ल्याउँदाको संघर्ष सुनाउँदै अहिलेको अवस्थामा आउँदा खुशी लागेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा लिनका लागि नगरका विभिन्न क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, वडा नं १० का अध्यक्ष पेमा उगेन लामा, नेपाली कांग्रेसका उपसभापति रमेश प्रधान, नेकपा एमालेका सुजन नेपाल लगायतले मन्तव्य राख्नुभएको थियो । प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।

मेसु पन्थीले अस्पतालबाट प्रवाह हुने सेवाको बारेमा जानकारी गराउनु भयो। हाल प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा बेडको व्यवस्था गरि अस्पताल संचालन भइरहेको छ । निर्माण भइरहेको नयाँ भवनलाई समयमा नै सम्पन्न गराएर चाडै नै सेवामा सहजता ल्याउने नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बन्नका लागि भुमिका खेल्ने पुर्व अध्यक्ष, स्वास्थ्यकर्मी लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय