
चन्द्रकान्त पौडेल,रोङः दोश्रो संस्करणको सृजना सामुदायिक बन गोल्डकपको उद्धघाटन खेलमा आयोजक ‘ए’ बिजयी भएको छ । सृजना सामुदायिक बन उपभोक्ता समूह रोङ–२ को आयोजनामा सुरु भएको प्रतियोगितामा घरेलु टोलीले महमाई फुटबल क्लब माई नगरपालिकालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो ।
निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो । प्रतियोगिताको दोस्रो खेलमा आइबार हात्तीकिल्ला फुटबल क्लब झापा र कुटिडाँडा फुटबल क्लबबिच खेल हुनेछ । शशी माध्यमिक विद्यालय रोङ–२ बदमटारको खेलमैदानमा जारी प्रतियोगितामा इलाम र झापाका १६ िटिमको सहभागिता रहेको छ ।
माघ ७ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले ५० हजार र उपविजेताले ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो र सृजना सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष खुम्बा तामाङले संयुक्त रुपमा बल हस्तान्तरण गरि उद्धघाटन गरेका थिए । प्रतियोगिता संचालक समितिका अध्यक्ष अमर राईको सभापतित्वमा संचालन भएको थियो ।


