महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा गराउँदै फाकफोकथुम गाउँपालिका

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको फाकफोकथुम गाउँपालिकाले महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । गाउँपालिकाले निजामति सेवामा प्रवेश गर्न चाहने पालिकाभित्रका महिलालाई लक्षित गरी विहीबारदेखि १ महिने निस्शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको हो ।

पालिकाभित्रका ३३ जना महिलालाई आवसीय निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्न लागिएको फाकफोकथुम गाउँपालिकाकी महिला बालबालिका शाखा प्रमुख विमला येक्तेनले जानकारी दिइन् । शाखा प्रमुख येक्तेनका अनुसार विहान र बेलुका गरी दुई सेसनमा कक्षा संचालन हुनेछ । सहभागीहरुलाई गाउँपालिकाकै जनशक्तिबाट कक्षा संचालन गरिने येक्तेनले जानकारी दिइन् ।

कक्षामा लामा र छोटा प्रश्नहरु, तिनको उत्तर, लोकसेवा परीक्षाको लेखनशैली, स्मरण शक्तिका लागि आवश्यक सूत्रहरु, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाको तयारी लगायतका विषयमा पढाइने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको बजेटबाट निस्शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए ।

सो कार्यक्रमका लागि फाकफोकथुम गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९र०८० का लागि सात लाख रुपैयाँ विनियोजन गरेको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय