विभिन्न विषयमा प्रस्ताव पेश गर्दै सूर्योदय नगरपालिकाको १२ औ अधिवेशन सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको पर्यटकीय नगरी सूर्योदयको १२ औ नगर अधिवेशन आजबाट सुरु भएको छ । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा सुरु भएको अधिवेशनमा विभिन्न ऐन संसोधनका लागि प्रस्ताव राखिएको छ । अधिवेशनको पहिलो दिन वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जनले आधारभुत तथा माध्यमिक शिक्षा ऐन २०७६ संसोधनका लागि प्रस्ताव राखेका छन् ।

वडा नं २ का वडाध्यक्ष एवम सामाजिक विकास समिति संयोजक डिक बम्जनले स्वास्थ्य ऐन २०७८ को संसोधनको लागि नगर सभामा प्रस्ताव राखेका छन् । कार्यपालिका सदस्य लतादेवी अधिकारीले गत आर्थिक बर्षमा सम्पन्न भई भुक्तानी भएका योजना जाँचपास तथा फरफारक सम्बन्धी प्रस्ताव नगरसभा राखेकी छन् । नगर उपप्रमुख दुर्गाकुमार बरालले चालु आर्थिक बर्षको विनियोजन ऐन र आर्थिक ऐन २०७९ संसोधनको लागि प्रस्ताव राखेका छन् ।

वडा नं ४ का वडाध्यक्ष शरण राईले नगरपालिकाको सडक गुरुयोजनामा सडक थप र नामाकरणका लागि प्रस्ताव गरेका छन् । १४ वटै वडाका वडाध्यक्षले कार्यालय संचालनको प्रतिवेदेन नगर अधिवेशनमा प्रस्तुत गरेका थिए ।
त्यसैगरी नगरका विभिन्न विषयगत समितिहरुले प्रस्ताव राखेका थिए । गणेशकुमार खड्काले अर्थ तथा सार्वजनिक लेखा समितिको प्रस्ताव राखेका थिए ।

शरण लिम्बुले विधान समिति, बिमल राईले सामाजिक समिति, सुकु योल्मुले कृषि तथा पर्यटन पुर्वाधार तथा प्राकृतिक समितिको प्रस्ताव राखेका छन् । न्यायिक समिति र अनुगमन तथा निरिक्षण समितिको नगर उपप्रमुख दुर्गाकुमार बरालले प्रस्ताव राखेका छन् । नेपाल–भारत सिमाना सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा शसस्त्र प्रहरीको विओपी स्थापनाका लागि जग्गा स्वामित्व हस्तान्तरण सम्बन्धी वडाध्यक्ष राजकुमार सेरेङले प्रस्ताव राखेका थिए ।

साविक गोर्खे गाविसको स्वामित्वमा रहेको २ रोपनी ८ आना जग्गा शसस्त्र प्रहरीलाई दिन सेरेङले प्रस्ताव राखेको नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए । आगामी माघ ९ गतेको प्रस्तुत भएका प्रस्ताव माथि छलफलको कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय