आचार्यको आत्मदाह राज्यको आम विकृती विरुद्धको संगिन प्रश्न होः उद्योग वाणिज्य संघ

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नं ११ का प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह राज्यको आम विकृती विरुद्धको संगिन प्रश्न भएको भन्दै सूर्योदय नगर उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ । एकजना उद्यमी सदस्यलाई आर्थिक अब्यवस्था र राज्यको नितीगत झमेलाको बोझका कारण गुमाउनु दुखद् अवस्था भएको भन्दै संघले एकपटक देशको आर्थिक अवस्थाका बारेमा सोच्न राज्य संयन्त्रलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष प्रमोद राईद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ कि, “आचार्यले निरन्तर स्थानीय स्तरमै उद्यममशिलताका लागि लामो संघर्ष गर्नुभएको थियो । स्थानीय कृषि उपजलाई बजारिकरणका लागी उहाँले गर्नुभएको योगदानलाई साथ दिन नसक्नु सरकार र सरोकारवालाको गम्भिर कमजोरी थियो ।” आचार्यले आत्मदाह गर्नु अघि सामाजिक सन्जालमा सार्वजनिक गरेको २५ बुँदे सुझावलाई तत्काल मार्ग चित्रका रुपमा अघि सार्न संघले आग्रह गरेको छ ।
यस घटनाले आम ब्यवसायी तथा उद्यमीलाई निराश बनाएको भन्दै विज्ञप्तिमा भनिएको छ, “राज्यको नितीकै कारण कतिप ब्यवसायी तथा उद्यमीहरु प्लायन भएको विषयमा वाणिज्य संघले पटकपटक ध्यानााकर्षण गराउँदै आएको सबैमा जानकारी नै छ । यस्तो अवस्था आउन नदिनका लागि राज्य बेलैमा गम्भीर हुन जरुरी छ । अबका दिनमा कुनैपनि ब्यवसायी तथा उद्यमीले आचार्यको जस्तो नियती भोग्नु नपरोस् ।”
मृतक आचार्यको परिवार अभिभावक विहिन भएको भन्दै राज्यले यथाशिघ्र उचित सहयोग गर्न संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय