प्रेश सेन्टर नेपालको स्थापना दिवसमा बाल अनाथलयमा शैक्षिक सामग्री हस्तान्तरण

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः प्रेश सेन्टर नेपालको १९ औँ स्थापना दिवसमा इलाममा बाल अनाथलयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । १९ औँ स्थापना दिवशमा प्रेश सेन्टर नेपाल जिल्ला समिति इलामले इलाम नगरपालिका स्थित राहसल बाल अनाथलयमा शैक्षिक सामग्री हस्तान्तरण भएको हो । राहसल बाल अनाथलयका अध्यक्ष यादव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य प्रभास सर्मा र प्रेश सेन्टर नेपालका प्रदेश महासचिव सुजन तिमसिनाले शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य प्रभास सर्माले गौरवपूर्ण इतिहास बोकेको प्रेश सेन्टर नेपालको स्थापना दिवसको रचनात्मक कामले अहिलको अवस्थामा उदाहरणिय भएको बताए । उनले राहासल बाल अनाथलयमा सहयोग जुटाउने नेकपा माओवादी केन्द्र निरन्तर क्रियासिल हुने बताए । कार्यक्रममा बोल्दै प्रेश सेन्टर नेपालका प्रदेश महासचिव सुजन तिमसिनाले राहसल बालअनाथलयमा प्रेश सेन्टर नेपालको स्थापना दिवस र कृष्णसेन इच्छुक स्थापना दिवसमा नियमित रुपमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै आएकाले यसलाई निरन्तरता दिने बताए । उनले राहसल संचालनका लागि संचारका क्षेत्रबाट प्रचारप्रसारका काम गर्ने बताए ।

कार्यक्रममा बोल्दै राहसल बाल अनाथलयका अध्यक्ष यादव अधिकारीले अनाथलय संचालनका सहयोगी हातहरु बढी भए मात्रै सहज हुने भएकाले निरन्तर सहयोगको अपेक्षा रहेको बताए । उनले संचारका क्षेत्रबाट पनि निरन्तर सहयोग भएमात्रै राज्यका निकायका ध्यानआकर्षण हुने भएकाले प्रचारप्रसारमा सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रममा राहसल बाल अनाथलयका सचिव छत्र चौहान, पूर्व अध्यक्ष राजेन्द्र चौहान, संस्थाका कोषाध्यक्ष महेन्द्र चौहान र सदस्य बृष्ण बहादूर चौहानको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय