फाकफोकथुममा तीन दिवसीय आधारभुत पत्रकारिता तालिम

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फाकफोकथुमः इलामको फाकफोकथुम गाउँपालिकामा तीन दिवसीय आधारभुत पत्रकारिता तालिम मंगलबारबाट  सुरु भएको छ । फाकफोकथुम गाउँपालिकाको आर्थिक सहयोग र प्रेस चौतारी इलामको आयोजनामा आमचोकमा तालिम सुरु भएको हो । प्रेस चौतारीका अध्यक्ष भिम चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले मैनवती बालेर उद्धघाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष खनालले तालिमपछि मिडियासंग जोडिएर सामाजिक कार्यका साथै समाचार माफर्त आफुलाई स्थापित गर्न आग्रह गरे । विशेष आतिथि प्रशासकिय अधिकृत दिल कुमार लिम्बुले जागिरे जीवन भन्दा पहिलो पत्रकारिता क्षेत्रमा रहेकाले देशको चौथो अंग बनेर समाज रुपान्तरणमा सहयोग गर्नुपर्ने बताए ।

उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई खवरदारी गर्ने काम भएकाले सधैं राम्रा पक्षमा मात्र समाचार नलेखेर कमजोरीको बारेमा पनि समाचारको माध्यमबाट सचेत गराउन अपिल गरे । वडा नं ३ का वडाध्यक्ष दिपेन्द्र लिम्बुले समाचार दबाबमा नपरी पत्रकारको मर्यादा भित्र रहेर समाज रुपान्तरणका लागि कलम चल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य सोम शर्मा, प्रेस सेन्टर इलामका उपाध्यक्ष लिला सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । तालिम आगामी माघ २० गतेसम्म चल्नेछ । प्रेस चौतारी नेपालका सदस्य गोविन्द लामिछानेले स्वागत गरेको कार्यक्रम संचालन कोषाध्यक्ष भगिरथ भण्डारीले गरेका थिए ।

तालिममा फाकफोकथुमको सवै वडाबाट प्रतिनिधित्व हुने गरी २० जनाको सहभागिता रहेको छ । सहभागीहरुलाई खान र बस्न गाउँपालिकाले व्यवस्था गरेको प्रेस चौतारीका अध्यक्ष एवम प्रशिक्षक भिम चापागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय