विद्यार्थीको क्षमता मापन गर्न इलामका ३५ नीजि विद्यालयमा एसईई प्रि–बोर्ड

द्वारा प्रकाशित गरिएको हो |
२०७९ माघ १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः विद्यार्थीको क्षमता मापन गर्न संस्थागत विद्यालयहरुको छाता संगठन नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० इलामले एसईई प्रि–बोर्ड परिक्षा सुरु गरेको छ । प्याब्सन राष्ट्रिय परीक्षा तथा मुल्याङकन समितिले देशभरका नीजि विद्यालयमा परिक्षा संचालन गर्ने निर्णय बमोजिम इलाममा समेत माघ १५ बाट जारी रहेको जिल्ला अध्यक्ष रगुन गुरुङले जानकारी दिए । पहिले सेन्टप अनिवार्य भएजस्तै हामीले पूर्व परिक्षा लिएर एसईई का लागी विद्यार्थी तयार बनाउन जिल्लाभरि परिक्षा सञ्चालन गरिरहेको गुरुङले बताए ।

उनका अनुसार इलामका ३५ वटा नीजि विद्यालयमा ६६८ विद्यार्थी परीक्षामा सहभागी छन् । इलाममा राजन माइकल गुरुङको संयोजकत्वमा गठित समितिले ७ वटा संयुक्त परिक्षा केन्द्रमा एसईई प्रि–बोर्ड संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय