
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दाबी गर्नुभएको छ ।
शुक्रवार आज प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।



अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति एमालेको हुन्छ भन्नेकुरा त हामीले पुस १० गतै नै भनेका हौँ । अरु घटनाक्रम हामीलाई थाहा छैन ।’
प्रतिनिधि सभाको बैठकअघि नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो ।
बालुवाटर बैठकः ओली बाहिरिए, कांग्रेस नेता भित्रिए
नेपाली कांग्रेसका नेताहरु बालुवाटार पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर बाहिरिएलगत्तै कांग्रेस नेताहरुको इन्ट्री भएको हो।
अध्यक्ष ओली बाहिरिएसँगै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्रीसँग भेट गर्न प्रवेश गरेका हुन्। राष्ट्रिय सहमतिको चर्चा गर्दै आएका प्रचण्डले शुक्रबारै भएको पुरानो गठबन्धन दलको बैठकमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने सहमति गरेका छन्।
पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा एमालेलाई राष्ट्रपति दिने सहमति गरेका प्रचण्डले बोली फेरेको भन्दै एमाले असन्तुष्ट छ।
कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० ले शुक्रबारै साँझ ५ बजे पुनः संयुक्त बैठक बसेर साझा निर्णय गर्ने तयारी गरेका छन्।