भित्री बस्त्रमा लुकाएर ल्याउँदै गरेको ब्राउन सुगर सहित इलामकी मञ्जु पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७९ फाल्गुन ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः प्रहरीले महिलाले शरिरको माथिल्लो भागमा लगाउने भित्री वस्त्र ‘ब्रा’ मा लुकाएर ल्याइएको ब्राउन सुगर फेला पारेको छ । झापाको भद्रपुरस्थित गलगलिया नाकाबाट स्कुटर चलाएर आएकी इलामको चुलाचुली गाउँपालिका–१ बस्ने मञ्जु चापागाईको शरिर खानतलासी गर्दा भित्री वस्त्रमा लागू औषध लुकाएको अवस्थामा फेला परेको बताइएको छ ।

बिर्तामोड नगरपालिका– १ स्थित हनुमाननगरमा बस्दै आएकी ३४ वर्षीया मञ्जु चापागाईंलाई ब्राभित्र ब्राउन सुगर लुकाएको अवस्थामा फेला पारिएको सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो । हिजो बिहान उनी प्र–१–०१–०१३ प १९७३ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आइरहेकी थिइन् । चापागाईंलाई मेची पुलमा तैनाथ सशस्त्र प्रहरीको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला पारेको हो ।

उनले ब्रा भित्र १९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर हालेकी थिइन् । उनको साथबाट पाँच हजार ७५ रुपैयाँ, ७ सय ९९ भारुसहित ब्राउन सुगर बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय