‘लम्पि स्किन’ नियन्त्रणमा प्रभावकारी काम गर्न सूर्योदय नगरपालिकालाई एमालेको ध्यानाकर्षण

द्वारा प्रकाशित गरिएको हो |
२०८० बैशाख २६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी,फिक्कलः गाईभैँसीमा महामारीका रुपमा फैलिएको ‘लम्पि स्किन’ रोग नियन्त्रण गर्न पर्याप्त प्रयाश नभएको भन्दै नेकपा एमाले सूर्योदय नगर कमिटिले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार नगरप्रमुख रणबादुर राईलाई एक विज्ञप्ति बुझाउँदै एमालेले विशेष कार्यक्रम ल्याएर पशुधनको रक्षा गर्न अपिल गरेको हो । एमाले नगर कमिटि अध्यक्ष दुर्गा देवि भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आम नगरवासी दाजुभाई दिदिबहिनीहरुको प्रत्यक्ष जनजिविकाको सरोकार र आर्थिक जिवन संग जोडिएको संवेदनशील सार्वजनिक सरोकारमा हाम्रो पार्टी नेकपा एमालेको चासोको विषय बनेको हुँदा यो महामारी नियन्त्रणका लागि स्थानीय सरकारले विश्ष कायृक्रम ल्याउन पार्टीको तर्फबाट ध्यानाकर्षण गराउँदछौँ ।”

सूर्योदयले महामारी नियन्त्रणमा सामान्य प्रयाश गरेको भएपनि ठोस कार्यक्रम र प्रभावकारी पहलकदमी नभएको एमालेले जनाएको छ ।
नगरपालिकाले किसानका लागि गरिरहेका अन्य गतिविधिको प्रशंसा गर्दै लम्पि स्किन महामारी नियन्त्रणमा पार्टीको तर्फबाट गर्नुपर्ने रचनात्मक सहयोगका लागि एमाले तयार रहेको अध्यक्ष भट्टराईले बताउनुभएको छ । पालिकाले विगत बर्षदेखि नै भकारो सुधार,किसानलाई उन्नत जातको गाई वितरण साथै नश्ल सुधारका लागि सिमोन वितरणका सेवा प्रवाह जस्ता कार्यक्रम सञ्चालन र लगानि गर्दै आएकोमा पार्टीले सराह्ना गरेको बताएको छ । स्थानीय सरकारको निती तथा कार्यक्रममा समेटेर एक घर एक उन्नत गाईको अवधारणा,गाईको पकेट क्षेत्र (काउ जोन) को अवधारणाले किसानको आर्थिक समृद्धिमा टेवा पुर्याएको एमालेले बताएको छ ।

यता नगरप्रमुख रणबहादुर राईले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत नगरपालिकाको गतिविधि सार्वजनिक गर्दै सूर्योदय नगरपालिकामा हालसम्म ७५ गाई मरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार, ३५ सय गाईहरुलाई रोग निर्मुलिकरणका लागी पालिकाले औषधि वितरण गरेको छ । महामारी शुरु भएपछि सूर्योदय नगरपालिकाले सबै वडामा पशु प्राविधिक खटाएर सेवा प्रवाह शुरु गरेको थियो । नगरप्रमुख राईले भन्नुभयो, “१४ वटै वडामा प्राविधिकले घरघर गएर नियन्त्रणका लागी आवश्यक औषधि वितरण गरिरहेका छन् । नगरपालिकाले रोग नियन्त्रणका लागी १५ लाख बढीको औषधि वितरण गरिसकेको छ ।”

इलामका दश पालिकाका अधिकांश गाईभैँसी ‘लम्पि स्किन’ रोगबाट ग्रसित छन् । सूर्योदय,इलाम,माईजोगमाई र सन्दकपुर क्षेत्रका पशु बढी प्रभावित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय