सूर्योदयको वडा तहसम्म ‘रास्वपा’ को संगठन विस्तार धमाधम

द्वारा प्रकाशित गरिएको हो |
२०८० बैशाख ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ को नगर भेला तथा संगठन विस्तार कार्यक्रम सूर्योदय नगरपालिकाको फिक्कलमा सनिवार सम्पन्न भएको छ । संघीय सांसद निसा डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले वडा तहसम्म संगठन विस्तार गर्नेगरि तदर्थ समिति चयन गरेको नगर सभापति रमेश भट्टराईले जानकारी दिनुभएको छ । भेलालाई सम्बोधन गर्दै सांसद डाँगीले जनताको निराशालाई आशामा बदल्न ‘रास्वपा’ सूर्योदयमा आएको बताउनुभयो । देशैभर तल्लोतहसम्म संगठन बनाउने दौडमा रहेको रास्वपा इलामका विभिन्न पालिकामा आईपुगेको हो ।

नगर कार्यसमितिको उप सभापतिमा महेश गदाल,सचिव छत्र भट्टराई, र कोषाध्यक्ष शोभा अधिकारी निर्वाचित हुनुभएको छ । भेलाले वडा नं १० मा युवराज घिमिरे, १४ नं वडामा सुरेन मिश्र, ६ मा अरुण पौडेल र वडा ८ मा विकास बस्नेत को संयोजकत्वमा तदर्थ समिति चयन गरेको छ ।

सभापति भट्टराईले भन्नुभयो,“जनताका समस्या सुन्न र समाधानमा रचनात्मक र परिणाममुखि काम गर्न हामी जिम्मेवार भएर लाग्नेछौँ ।” विभिन्न टोलका युवाले आफ्नो पार्टीमा आबद्ध बन्न इच्छा देखाएको भन्दै संगठन विस्तार कार्यक्रम टोलसम्म विस्तार हुने उहाँले बताउनुभएको छ ।

नगर कमिटिका उपसभापति महेश गदालले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा कोशी प्रदेश इन्चार्ज ओमनाथ भण्डारीको विशेष आतिथ्यता रहेको थियो भने झापा जिल्ला संयोजक उमेश खरेल,इलाम संयोजक प्रकास सापकोटा, सह संयोजक सन्तोस श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न वडाबाट करिब २५० जना सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय