
प्रबिन बिसी,लक्ष्मिपुरः इलामको सूर्योदय नगरपालिका वडा नं १४ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। वडा कार्यालय नजिकै घर भएका ५१ बर्षिय मोहन राईको आईतबार बिहान करेन्ट लागेको थियो । घर छेउको काब्रोको बोटमा चढेर घाँस झार्ने क्रमममा विद्युतको नग्न तारमा घाँसको डाला परेपछि ११ हजार भोल्टको करेन्ट सर्दा राई रुखबाट भुईमा खसेका थिए । गम्भीर घाईते भएका उनलाई फिक्कल अस्पताल पुर्याईएको थियो । राईको उपचारको क्रमममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर सन्तोष राईले जानकारी दिनुभएको छ।


