प्रविन विसी,लक्ष्मीपुरः सूर्योदय नगरपालिका वडा नं १३ अवस्थित ज्योति माद्यमिक विद्यालयले ७२ ओं वार्षिक उत्सव मनाएको छ । विद्यालयको समग्र स्थिति सुधार गर्न विभिन्न पक्षले गरेको सहयोगलाई सम्बोधन गर्दै कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो ।
विभिन्न साँस्कृतिक कार्यक्रमका विच सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राईले सूर्योदय भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुको शिक्षा सिकाईलाई प्रभावकारी बनाउन नगरपालिकाले शिक्षामा बढी लगानी गरेको बताउनु भयो । उहाँले विद्यालयहरुमा भएका कमजोरीहरुलाई सुधार्न जरुरी रहेको बताउनुभयो ।
ज्योति माध्यामिक विद्यालयमा गणित विषयको ल्याब रहेको र यसको सही सदुपयोले विद्यार्थीहरुको सिकाईको क्षमता अभिवृद्धि बन्नेमा उहाँको विश्वास छ । बर्षमा ४ पटक अभिभावकहरू विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने राईको भनाई छ ।
विद्यालयको वार्षिक उत्सवको अवसरमा विद्यालय स्थापना देखिका जग्गादाताहरुलाई दोसल्ला ओढाई सम्मान पत्र वितरण गरिएको थियो भने अक्षय कोष निर्मातालाई कदर पत्र र विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई प्रसंशा पत्र वितरण गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा विद्यालयका अध्यक्ष मिश्रले विद्यालयको वार्षिक प्रतिवेदन पेस गर्नुभयो । कक्षा १देखि ५ सम्म मात्र सरकारी स्वीकृत प्राप्त गरेको विद्यालयले कक्षा ६ देखि १० कक्षासम्म पनि पूर्णरूपमा स्वीकृत प्राप्त गर्न सरकारी निकायहरले ध्यान पूर्णरुपले हेर्नु पर्नेमा उहाँको जिकिर थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिननाथ मिश्रको अध्यक्षता रहेको कार्यक्रममा नगर उप प्रमुख दुर्गा कुमार बराल,शिक्षा इकाई शम्भु थापा मगर, प्रमुख प्रशासकीय अधिकृत मिलन कुमार राई,वडा नं १३ का वडाध्यक्ष हेमराज आचार्य लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका प्राध्यापक तारा कट्टेलले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा शिक्षकद्वय दीपक पौडेल र हरी आचार्यले सन्चालन गर्नुभयो ।