
प्रविन विसी,लक्ष्मिपुरः सूर्योदय नगरपालिका १२ मा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन करफोक बहुमुखी क्यापस कमिटीको आयोजनामा २ दिने अन्तर मा वि छात्र भलिबल प्रतियगिता बुधबार सम्पन्न भएको छ ।
खेलमा ज्योति मा विलाई पराजित गर्दे कर्फोक विद्या मन्दिर विजयी भएको छ। ज्योति माविले पहिलो सेटमा आफ्नो जीत् निकालेको थियो तर, दोस्रो र तेस्रो सेट करफोकले लगातार ज्योतिलाई झिनो अंकमा पराजीत गर्दै उपाधी चुम्न सफल भएको हो ।



१४ वटा मा वि तहका टिमहरू समावेश भएका मध्ये फाइनल खेलमा ज्योति मावि र करफोक विद्या मन्दिर प्रवेश गरेका थिए । फाइनल खेलमा विजेता टीमले नगद सहित प्रमाण पत्र ट्रफि र मेडल पाएको थियो भने दोस्रो पुरस्कारमा नगद सहित प्रमाण पत्र ट्रफि र मेडल पाएको रा।प्र, वि ।सका अध्यक्ष रोशन थापाले जानकारी दिए । खेलको म्यान अफ दि म्याच उपविजेता टिमका प्रविन चाम्लिङ राईलाई ट्रफि वितरण गरिएको थापाले जानकारी दिएका छन्।