नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध फिक्कलमा एमालेको विरोध

द्वारा प्रकाशित गरिएको हो |
२०८० जेष्ठ २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रविन वि सी,फिक्कलः राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक विरोधमा शुक्रवार फिक्कल चोक बजारमा बिरोध प्रदर्शन भएको छ। नेकपा एमाले सूर्योदय नगरकमिटि र युवासंघको संयूक्त आयोजनामा नागरिकता विधेयक प्रमाणीकरण विरूद्द मशल विरोध र्याली कार्यक्रमको आयोजना गरिएको थियो ।

नेकपा एमालेलेको पार्टी कार्यालयबाट शुरु भएको र्याली जुलुस चोक बजारमा आएर कोण सभा गरेको थियो । सभालाई सम्बोधन गर्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष दुर्गादेवी भट्टर्राईले राष्ट्रपतिबाट नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु कानुन विपरीत भएको बताउनु भयो । अन्याय र अत्याचारको निमित्त नेकपा एमाले सँधै अग्रसर रहने र खबरदारी गरिरहने भट्टराईले बताउनु भयो । “हाम्रा समानिय प्रधानमन्त्री पुष्पकमल दाहाल यस नागरिकता विधेयकलाई धरौटी राखी भारतमा मोदीको सरण पर्न जानु भएको छ।” उहाँले प्रश्न गर्नुभयो, “यो नेपाल र नेपाली जनताको लागि कति लजास्पद अवस्था हो ?” राष्ट्रियता रहे नेपाल रहने र नेपाल रहे तपाईं हामी रहने भन्दै सबै मिली राम्रो लाई स्याबास् र नराम्रोलाई खबरदारी भन्न सिक्नु पर्ने उहाँको भनाई छ ।

कोण सभालाई जिल्ला कमिटी सदस्य सुजन नेपाल,युवासंघ इलामका अध्यक्ष मोहन दोर्जे कागते लगायतका विभिन्न नेताले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय