मेची राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु,१३ घाईते

द्वारा प्रकाशित गरिएको हो |
२०८० श्रावण ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मेची राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पाँचथरको फिदिम नगरपालिका(२ कृष्ण मन्दिर नजिक मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।

मृतकको सनाखत भएको छैन । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मेची राजमार्ग स्थित फिदिम २ कृष्ण मन्दीर छेउमा भएको ट्याक्सि दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुलेको छ ।

घाइतेहुने हरुमा सबारी चालका इलाम दानबारी ८ का २६ वर्षीय अर्जुन बिक, ताप्लेजुङ पाथिभरा याङबरक १ का २३ वर्षीय बुद्धहाङ लिम्बु, ताप्लेजुङ मिक्वाखोला ५ का २६ वार्षिय इसेटिक शेर्पा,पाँचथर हिलिहाङ गाँउपालिका १ का २५ वर्षीय रोषन श्रेष्ठ,हिलिहाङ गाँउपालिका १ का २३ वर्षीय भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजंगा ३ का २४ वर्षका अजय लिम्बु,सिद्धिथुम्की इलामका १४ वर्षकी निरुता सेन्चुरी,पतन्जाी गाउँपालिका कालिकोटका २३ वर्षिय सुमन खड्का,फाल्गुनन्द गाउँपालिका ३ पाँचथरका ३५ वार्षिय राम नेम्बाङ, पाँचथर फिदिम नगरपालिका १० की ५ वर्षिय पुस्तिका बिक घाइते भएको र उनिहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय