आजदेखि माओवादीको ३ महिने अभियान सुरु हुँदैः इलाममा तयारी पूरा

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः सत्तारुढ नेकपा ९माओवादी केन्द्र०ले आजदेखि तीन महिने अभियान सुरु गर्ने भएको छ । यसलाई माओवादीले विशेष रुपान्तरण अभियान भनेको छ ।

देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ ।

प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाका अनुसार अभियानको आज ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुनेछ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका (२ घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका(२८ हरिसिद्धीको कार्यक्रममा सहभागी हुनेछन् । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ ।

अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीले बताएको छ ।

इलाममा तयारी पूरा
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु भदौ १६ गते शनिबारदेखि जनताको घरघरमा जाने तयारी गरेका छन् । जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ अन्तर्गत उनीहरु आम नेपालीको समस्या र सुझाव संकलनका लागि घरघरमा जान लागेका हुन् ।

२०६४ मा लोकप्रिय मत पाएपनि पछिल्लो निर्वाचनमा मतपरिणाम खस्कँदै गएपछि नेकपा माओवादी केन्द्र फेरी जनताको घरदैलोमा जाने तयारी इलाममा पुरा भएको छ । मुलुक नेकपा माओवादी केन्द्रकै एजेण्डामा अगाडी बढेपनि जनतालाई बुझाउन नसक्दा पछिल्लो मत परिणाम खस्किएको पार्टीले महशुस गरी तीन महिने विशेष रुपान्तरण अभियान अगाडी बढाउन लागेको इलामका इञ्चार्ज कुसल लिम्बुले बताए ।

पार्टी तथा जनवर्गीय संगठनका केन्द्रदेखि गाउँ तहसम्मका नेताहरु यति बेला गाउँ गाउँ पुगेका छन् । भदौ १६ गते अभियान उद्घाटन भएपछि उनीहरु तीन महिना जनताको घर घरमा गएर सुझाव संकलन गर्नुका साथै उनीहरुको कुरा सुन्नेछन् । पार्टी संगठनलाई सुदृढीकरण गर्नुका साथै सदस्य संख्या बढाउने र पुनः माओवादीलाई २०६४ कै तहमा फर्काउन नसकिएपनि २०८४ को चुनावमा दोब्बर मत ल्याउने लक्ष्य रहेको केन्द्रिय सदस्य तथा इलाम नगरपालिका अभियान इञ्र्चाज रञ्जित तामाङले बताए । पार्टी तलबाट संस्थागत हुन लागेको केन्द्रीय सदस्य तथा अभियानका सूर्योदय इञ्चार्ज केपी बरालले बताए ।

क्रान्तिकारी आन्दोलनको बिरासत बोकेको इलाम रत्नकुमार जिल्ला जिल्ला उल्टो दिशातर्फ बगिरहेकाले अब माओवादी केन्द्रले अगुवाई गरेर पुनः पुरानै अवस्थामा फर्काउने योजना बनाउने योजनाका साथ काम शुरु भएको जिल्ला समन्वय समितिका संयोजक बिजय राईले बताए । एक्सन ओरिएण्टेड काम गर्ने, युवाहरुलाई गोलबद्ध गर्ने र समाज रुपान्तरण सहित माओवादीको नेतृत्व स्थापित गर्ने र इलाम बनाउने कार्यको जग हाल्ने काम यो अभियानमा गरिने उनले बताए । जनतापटी फर्कने अभियान भएकाले जनता घर घरमा पुग्नुपर्ने केन्द्रिय सदस्य लक्ष्मी न्यौपानी सरुले बताइन् । उनले अभियानको क्रममा जनताको कुरा सुन्ने र जागरण पैदा गराउने बताइन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय समितिका नेताहरु पार्टीले सञ्चालन गर्ने तीन महिने अभियानको लागि इलामको पालिका तहको जिम्मेवारी तोकिएको छ । विराटनगरमा बसेको प्रदेश समितिको बैठकले केन्द्रदेखि प्रदेशसम्मका नेताहरुलाई वडा तहको जिम्मेवारी दिने निर्णय गरेको हो । इलामको १० वटा पालिका तहका जिम्मेवारी अनुसार इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा रन्जीत तामाङ रहेका छन् । सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकामा केपी बराल, देउमाई नगरपालिकामा लाल बहादुर मगर, माई नगरपालिकामा हरि राना र रोङ गाउँपालिकामा लक्ष्मी न्यौपानेलाई जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी चुलाचुली, फाकफोकथुम र माङसेबुङ गाउँपालिकाको जिम्मेवारी जिल्ला इन्चार्ज कुल प्रसाद साम्वालाई दिइएको छ । त्यसैगरी चुलाचुलीको २ वटा वडामा सुशिला कन्दङवालाई जिम्मेवारी दिइएको छ । इलाम जिल्लामा आगामी १६ गतेबाट अभियान अन्र्तगत कार्यकर्ताहरु खटिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय