गोबिन्द पौडेल,फिक्कलः अभाव नै अभावमा बिदेशी भुमिमा काम गरेका युवाहरु फर्किएर स्वदेशमा नै ब्यवसायमा जुटेपछि स्वरोजगार बन्न थालेका छन् । आफुसंग भएको सिपलाई उचित ज्यालामा साट्न नसकिने साथै उध्यम गर्न पुँजि नहुने समस्यामा रहेकाहरु बिदेशमा गएर अलिकति पुँजि जम्मा गरेर स्वरोजगार बन्न सक्छन् भन्ने उदहारण बनेका छन् रोङ ६ का युवा नेत्र प्रधान ।
दश बर्ष अघि रोजगारीको खोजिमा साउदी अरव पुगेका प्रधान करिव चारबर्ष उतै बसे । साउदीबाट फर्किएपछि उनी सुर्योदय नगरपालिकाको छिपिटारमा होटल ब्यवसाय गर्न थाले ।
शुरुमा घर भाडामा लिएर होटल थालेका प्रधानको शिपले धेरै ग्राहकलाई खिच्न शुरु गर्यो । उनको यहि सिपको कारण एकपटक उनको होटलमा खाना र खाजा खाएका ग्राहकहरु पटक पटक आउन थालेका हुन् ।
सुर्योदय नगरपालिकाको छिपिटारमा रहेको होटल निगम एण्ड लज सञ्चालन गरेका प्रधानको होटलमा आफु संगै अन्य दुईजनालाई रोजगार पनि दिएका छन् ।
बिदेशमा काम गर्नु सजिलो छैन,तर पनि बिभिन्न अभावले जानै पर्दो रहेछ । यहाँ सुलभ तरिकाले कर्जा पाईदैन सिप भएर पनि रोजगार र स्वरोजगार बन्न नसकिदो रहेछ ,बिदेशमा जति खट्ने हो र सहज ऋणको ब्यवस्ता हुने हो भने हाम्रो ठाउँमा अनेकन सम्भावना रहेको प्रधानले बताए ।
अहिले आफ्नै सानो घर बनाएर होटल सञ्चालन गरिरहेको उनि बिस्तारमा वृहत गर्ने योजनामा रहेको बताएपनि अहिले मन मात्रै भएको बताउछन् ।
युवाले प्रधानको जस्तो सोच राखे दिनहु हजारौ युवा बिदेशिनु नपर्ने अनि फर्किएर स्वरोजगार बन्न सकिने निश्चित छ । तर, उद्धम गर्न चाहनेहरुको लागि सरकारको सहयोग र प्रोत्साहन पनि चाहिने लामो समयदेखी पर्यटनको क्षेत्रमा कलम चलाउने अग्रज पत्रकार जिवन शर्मा वताउँछन् ।