फिक्कलमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

द्वारा प्रकाशित गरिएको हो |
२०८० कार्तिक १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः सूर्योदय नगरपालिका–१० फिक्कलस्थित सिमपानीमा नवजात शिशुको शव फेला परेको छ । बाटोको छेउमा कपडाले बेरेर फालिएको बेवारिसे अवस्थामा बटुवाले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिहिबार बिहान ११ः३० बजेको समयमा फेला पारिएको शवको फिक्कल अस्पतालमा आज नै पोस्टमार्टम गरिएको वडाध्यक्ष पेमा उर्गेन लामाले जानकारी दिनुभएको छ । उहाँका अनुसार, वडा कार्यालयको नेतृत्वमा नगर प्रहरीले शवको सदगत गरेको छ । शिशुलाई कस्ले जन्मदिएको र किन हत्या गरेर बेवारिसे बनायो भन्ने सम्बन्धमा अनुशन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय