शंखाबुङ गोल्डकपः उद्घाटनमा मलिम युनाइटेडले पूर्वछितिजको सामना गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०८१ कार्तिक १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रोशन काफ्ले,नयाँबजारः आजबाट प्रथम शंखाबुङ गोल्डकप सुरु हुँदैछ । शंखाबुङ युथ क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मलिम युनाइटेडले पूर्वछितिजको सामना गर्नेछ । भोलिबाट ३ खेलहरु हुनेछ । २५ टोलि सहभागी हुने खेलको फाइनल कार्तिक २५ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

शंखाबुङ युथ क्लब माईजोगमाई १ शंखाबुङको आयोजनामा शुभ दिपावलीको अवसरमा फुटबल खेल संचालन हुन लागेको हो। फाइनल जित्ने टोलिले नगद रु पचास हजार, आकर्षक ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद रु तीस हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाउने छ ।

साथै उत्कृष्ट खेलाडी , उत्कृष्ट डिन्फेडर , उत्कृष्ट गोलरक्षक लगायतलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । खेल सेभेन साइड फर्म्याटमा संचालन हुनेछ । प्रतियोगिता शारदा आधारभूत विद्यालयको खेलमैदानमा संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय