सूर्योदयमा कृषक पाठशाला हुँदै, अकबरे खेतीमा किसानको आकर्षण

द्वारा प्रकाशित गरिएको हो |
२०८२ असार ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
इलाम,०८असारः सूर्योदय नगरपालिकाले वि.सं २०७५ देखि कार्यान्वयनमा ल्याएको आईपिएम (एकीकृत कीट व्यवस्थापन) कृषक पाठशाला कार्यक्रम अहिले वडा नं १ मकरजुङ र वडा नं १३ लक्ष्मिपुरमा सञ्चालन भइरहेको छ ।

कृषकको क्षमता विकास, ज्ञान आदान–प्रदान र विषादी न्यून खेती प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालित यस कार्यक्रम अन्तर्गत प्रत्येक समुहमा २५ जना किसान सहभागी छन् । हाल पाठशालामा अकबरे खुर्सानीको जैविक खेती विषयमा प्रशिक्षण तथा व्यवहारिक अभ्यास जारी रहेको सूर्योदय नगरपालिका कृषि शाखाकी प्रमुख प्रज्ञा पोखरेलले बताउनुभयो ।

प्रशिक्षक खेमराज भट्टराईका अनुसार, पाठशालामा सहभागी किसानहरूलाई एक सिजनको अवधिमा बालीको सम्पूर्ण जीवनचक्र हेर्न र सिक्न सक्ने अवसर प्रदान गरिन्छ । सहभागीहरूले खेतबारीमै प्रयोगात्मक सिकाइ गर्दैछन् ।

‘हामीले यसपटक खेतमै सिक्ने, गरिखाने र कम विषादी प्रयोग गर्ने तरिका बुझेका छौं ।’ सूर्योदय–१ की कविता सापकोटाले भन्नुभयो । आईपिएम विधिले विषादीको प्रयोग न्यून गर्दै उत्पादनमा गुणस्तर वृद्धि गर्ने भएकाले स्थानीय सरकार यस विधिलाई विस्तार गर्ने तयारीमा रहेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।

उहाँका अनुसार, नगरपालिकाले आगामी वर्ष अन्य वडामा पनि पाठशाला विस्तार गर्ने योजना बनाएको छ, जसबाट स्थानीयस्तरमै कृषक आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय