इलामः हिमालयन ल्याप इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ गीत ‘कर्णालीको पुल’ सार्वजनिक हुने तयारीमा रहेको छ । गीतको पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले गीत तथा भिडियो दर्शकमाझ ल्याउने तयारी गरेको हो ।
गीतमा दिनेश ढकालको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोको निर्देशन सुशीलबाबु क्षेत्रीले गरेका छन् । भिडियोमा निकिता आचार्य र राजन नेउपानेको अभिनय रहेको छ ।
भिडियोमा डोको नाम्लो ब्यान्डको प्रस्तुति रहेको छ । हिमालयन ल्याप इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोको म्युजिक प्रोड्युसर, मिक्स तथा मास्टरिङ मानसवी मलाकारले गरेका छन् भने सहायक निर्देशक सन्दीप पोखरेल रहेका छन् ।
भिडियोको छायांकन सुमन अर्यालले गरेका छन्। सम्पादन तथा कलरिस्ट कृष्ण भण्डारी रहेका छन्। उत्पादन व्यवस्थापन दुर्गा क्षेत्रीले गरेका छन् भने ग्याफर हिमाल शर्मा र पोस्टर डिजाइन अर्जुन रामेलले गरेका छन् ।
इलामस्थित सूर्योदयका उदित हाङ फागोले ‘कर्णालीका पुल’ गीतमा पूर्वमा इलामदेखी पश्चिमको कर्णालीका विभिन्न सभ्यता, सुनार जातीको संस्कृति, परम्परा, साहित्य, कला र पर्यटनलाई उजागर गर्ने प्रयास गरिएको बताए ।
“देशको विविधताभित्रको एकता, मौलिकता र सांस्कृतिक पहिचानलाई देश विदेशमा चिनाउने प्रयास गरेका छाँै ।” फागोले भने । उक्त गीत तथा भिडियो आउँदो शुक्रबार साँझ सार्वजनिक गर्ने तयारी गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

