हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक

द्वारा प्रकाशित गरिएको हो |
२०८३ आश्विन २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सूर्योदय नगरपालिका ८ स्थित विश्व होटलमा सोमबार साँझ बिमोचन समारोह आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

स्थानीय गायक सन्तोस शिवाको गायन तथा रचना रहेको उक्त गीत पर्यटकीय गन्तव्य कन्याममा छायांकन गरिएको छ । भिडियोमा कलाकार विक्रम सुन्दास र विद्या शिवाले अभिनय गर्नुभएको छ ।

एचकेआर प्रोडक्सन हाउस फिक्कलले उत्पादन गरेको भिडियो विमोचन समारोहका प्रमुख अतिथि वडा नं ७ का वडाध्यक्ष लोक बहादुर चाम्लिले स्थानीय सरकारले कला, संगित र साहित्यलाई प्रवर्धन गर्न लगानी गरिरहेपनि अपुग भएको बताउनुभयो ।

विशेष अतिथि नगरपालिकाको पूर्व नगरउपप्रुख दुर्गादेवी भट्टराईले स्थानीयस्तरको कलालाई प्रवर्धन गर्न जरुरी रहने बताउनुभयो । कलाकार पुजन प्रधानले कला क्षेत्रले समाजलाई सकारात्मक उर्जा दिईने भएकाले कलाको सम्मान गर्ने संस्कार विकास हुन आवश्यक रहेको बताउनुभयो ।

पहिलो पटक अभिनय गरेका कलाकारको क्षमता प्रशसंनीय देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय