माईजोगमाईका प्रनिशले अन्तर्राष्ट्रिय फुटबल खेलेपछि गाउँपालिकाद्धारा सम्मान

द्वारा प्रकाशित गरिएको हो |
२०८३ मंसिर ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः माईजोगमाई गाउँपालिका–५ का प्रनिश राईलाई गाउँपालिकाले सम्मान गरेको छ ।

देशकै प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सामेल हुन अजरबैजान पुगेका युवा राईलाई पालिकाले सम्मान गरेको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि भएका उनलाई गाउँपालिकाले नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो ।

राई नेपाली टोलीमा लेफ्ट डिफेन्डरको भूमिकामा छन् । उनले अजरबैजानमा आयोजित यू–१५ फिफा विश्वकप फेस्टिबल फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबल मैदानमा नेपालको जर्सी लगाएर खेल्ने अवसर प्राप्त गरेका राईको उपलब्धिलाई गाउँपालिकाले खेलकुद क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको उपाध्यक्ष प्रबिना राईले बताईन् ।

अजरबैजानमा अक्टोबर २४ देखि ३० सम्म सञ्चालन भएको प्रतियोगितामा विश्वका १८९ राष्ट्रिय टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय